सुलक्षण कीर्ति क्याम्पसको औपचारिक उदघाटन सम्पन्न…..
चैत ६ काठमाडौं । ‘अहिलेको आवश्यकताः दिगो शान्ति, सुशासन, सुख र समृद्धिका लागि बौद्ध ज्ञान विज्ञानमा
काठमाडौं उपत्यकामा शनिबार माघ ८ गते देखि लागू हुने गरी जोर बिजोर प्रणाली हुरु भएको छ ।
उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयले बिहीबार साँझ एक विज्ञप्ति जारी गर्दै जोर बिजोर प्रणाली लागू गरेको हो।
सार्वजनिक यातायात, निजी सवारी साधन र दुई पांग्रे सवारी साधनमा यो नियम लागू हुने प्रशासनले जनाएको छ ।
औषधि एवम् स्वास्थ्य सामाग्री बोकेको सवारी साधन, एम्बुलेन्स, दमकल र शववाहनमा जोर बिजोर लागू नहुने पनि स्पष्ट पारिएको छ ।
ग्याँस, पेट्रोलियम पदार्थ, निर्माण सामाग्री बोक्ने साधनमा पनि जोर बिजोर लागू हुनेछैन तर यस्ता सवारी साधनमा भने चालक र सहचालक मात्र बस्न पाउने प्रशासनले जनाएको छ ।
खाद्यान्न तथा दुग्धजन्य पदार्थ, पानी, फलफूल, तरकारी, अन्डा, माछामासु, पशुपंक्षीका दाना, कृषि र पशुजन्य सामाग्रीहरु बोक्ने सवारीमा पनि यो प्रणाली लागू हुनेछैन । यी समाग्री बोक्ने गाडीमा पनि चालक र सहचालक मात्र बस्न पाउनेछन । परिचयपत्रको आधारमा सरकारी कर्मचारी, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सार्वजनिक संस्थानका कर्मचारीले सवारी चलाउन पाउनेछन् । यस्तै, बैंक, बीमा, वित्तिय संस्था र वायुसेवा निगमका कर्मचारीले पनि परिचय पत्र देखाएर सवारी चलाउन पाउनेछन्।
पत्रकारको हकमा भने सूचना तथा प्रशारण विभागले जारी गरेको परिचयपत्र बाहकले जोर बिजोरमा आधारित नभइ सवारीसाधन चलाउन पाउनेछन् ।
यसरी जोर बिजोर प्रणाली लागू भएसंगै सडकमा सवारि साधनको चाप घटेपनि पैदल यात्रु तथा सार्वजनिक सवारि प्रयोगकर्ता सर्वसाधारणलाई भने निकै समस्या पर्ने देखिन्छ ।
चैत ६ काठमाडौं । ‘अहिलेको आवश्यकताः दिगो शान्ति, सुशासन, सुख र समृद्धिका लागि बौद्ध ज्ञान विज्ञानमा
यो नारी दिवस हटाइयोस … ….. साच्चै नै यो नारी दिवश हटाउनै पर्छ …किनकी … तमाम
नेकपा एमाले कर्णाली प्रदेश सम्पर्क कमिटी अन्तर्गत विभिन्न जिल्लाहरुमा जिल्ला सम्पर्क मञ्चका अधिवेशनहरु आज सम्पन्न भएका