काष्ठमण्डप भित्रको मुर्तिकोे रहस्य …….?

४ महिना अगाडि

बिगत महिना दिन अगाडी देखी चर्चामा रहेको काष्ठमण्डपको पुरानो मुर्ति तथा लिच्छविकालिन ईतिहास बोकेको अति प्राचिन हस्तकला तथा मुर्तिकलाको नाली बेली ……।

लिच्छवि कालिन पुरानो मुर्ति ………..

काष्ठमण्डप भनेर चिनिएको केवल एकमात्र रुखको काठबाट निर्मीत लिच्छविकालिन ईतिहास बोकेको प्राचिन मन्दिर जुन हनुमान ढोकाको दक्षिण पट्टिको स्थानमा बिशाल मण्डपको रुपमा रहेको थियो । २०७२ सालको महा भुकम्पले भग्नावशेषको रुपमा परिणत गरीदियो । भुकम्प पश्चात लामो समय सम्मपनि सरकार र सरोकार वालाहरुले चासो नदेखाएपछि त्यहिंका स्थानिय बासिन्दाहरुनै मिली उक्त भग्नावशेष मा परिणत भएको काष्ठमण्डपलाई मुर्त रुप दिनको लागी जुर्मुराएका थिए । तर बिभिन्न कारणहरु देखाई महानगरपालिकाले स्थानिय जनाता लाई उक्त कार्य गर्न रोक लगाएपश्चात पुनः निर्माण समिती र नेपाल सरकारको पहलमा जिर्ण रहेको उक्त मण्डप निर्माण कार्य शुरु गरियो । ७ करोड बजेटमा निर्माण कार्य सम्पन्न गर्ने भनिएतापनि ११ करोड रकम काठमाडौं महानगरपालिकाबाट निकासा भैसकेको छ । तर अझै सम्म पनि पुर्ण रुपमा निर्माण कार्य सम्पन्न भैनसकेको त्यहाँका स्थानिय बासिन्दाको गुनासो छ । यसै बिच काष्ठमण्डपमा पुराने लिच्छवि कालिन मुर्ति नराखी नयाँ मुर्ति प्रतिस्थापन गरेको सम्बन्धमा स्थानिय बासिन्दाहरु द्वारा व्यापक बिरोध भएपछि यस बिषयमा अदालमा समेत मुद्दा बिचाराधिन रहेको छ । यसै सन्दर्भमा सामाजिक अभियन्ता मनिष मानव खरो रुपमा प्रस्तुत हुँदै भन्नु हुन्छ , पुरानो ईतिहास बोकेको लिच्छविकालिन कलाको मुर्ति छंदा छंदै अर्थात यसलाई बेवास्ता गरी गोदाममा बेवारीसे अवस्थामा थन्क्याई यसको ठाउँमा नयाँ मुर्ति राख्नुको उद्देष्य के हो… ? राज्यको ढुकुटी सिध्याउनको लागी हो कि पुरानो मुर्तीको व्यापार गर्न लागेको हो …? भन्दै आक्रोश पोख्नुहुन्छ । साथै अन्य स्थानिय बासिन्दाहरुपनि यस बिषयमा आक्रोशित र असन्तुष्ट देखिन्छन । वास्तवमै पनि भन्नु पर्दा काष्ठमण्डपको चिनारी भनेकै लिच्छविकालिन पुरानो मुर्ति हो । यसको ठाउँमा नयाँ मुर्ति राख्नुको कुनै औचित्य नभएको बरु यस भित्र गहिरो रहस्य लुकेको छकी भन्ने बताउँछन स्थानिय बासिन्दा ।


सम्बन्धित शीर्षकहरु

खुल्ला पोस्ट