जेठभित्रै स्थानीय तहको निर्वाचन गर्न सकिन्छ, सत्ता गठबन्धनको निर्णय…….!

४ महिना अगाडि

उच्चस्तरीय राजनीतिक समितिको बैठकले जेठभित्रै स्थानीय तहको निर्वाचन सम्पन्न गर्न सरकारलाई सुझाव दिएको सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो । गठबन्धनले जेठभित्र स्थानीय तहको निर्वाचन गर्न सरकारलाई सुझाव दिएको छ ।संविधानसँग बाझिएका कानुनहरू पनि संशोधन गर्नुपर्ने भएकोले त्यसको तयारी गर्न पनि सरकारलाई सुझाव दिइएको वहाँले बताउनु भयो । अब सरकारले निर्वाचन आयोगसँग परामर्श गरेर मिती तोक्नेछ, । जेठ महिनाभित्र स्थानीय तहको निर्वाचन सम्पन्न हुन्छ,’ उहाँले भन्नुभयो ।


शनिबार दोस्रो पटक बसेको सत्ता गठबन्धनको उच्च स्तरीय संयन्त्र बैठकले जेठभित्र स्थानीय तहको निर्वाचन गर्न प्रधानमन्त्री शेरबहादुर देउवामार्फत सरकारलाई सुझाव दिएको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिएको हो । यस्तै संविधानसँग बाझिएका कानुनलाई संशोधन गर्नुपर्ने भए त्यो तयारी गर्नको निम्ति पनि सरकारलाई आज बसेको उच्च स्तरीय संयन्त्र बैठकले सुझाव दिएको उनले बताए । पाँच दलीय सत्ता गठबन्धन जेठ महिनाभित्र चुनाव गराउन तयार भएको हो ? भन्ने प्रश्नमा उनले भने, ‘अब सरकारले निर्वाचन आयोगसँग परामर्श गरेर मिति तोक्नेछ ।निर्वाचन आयोगसँग छलफल गरेपछि एकै चरणमा निर्वाचन गर्ने वा फरक फरक मितिमा गर्ने कुराको टुंगो लाग्ने उनले बताए ।सत्ता गठबन्धनमा आबद्ध ५ दलका नेताहरू आउँदो जेठभित्रै स्थानीय तहको निर्वाचन गर्ने निष्कर्षमा पुगेका छन् । आज अपराह्न प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा नेताहरू यस्तो निष्कर्षमा पुगेका हुन् ।


सम्बन्धित शीर्षकहरु

खुल्ला पोस्ट