महान सहिदहरुको स्मरण……!

Prakash Kapali ५ महिना अगाडि

नजिकिदै गरेको फागुन ७ गतेले सम्पुर्ण नेपालि जनतालाई २००७ सालको जनक्रान्तीको सम्झना दिलाउँछ । र यो प्रजातन्त्र दिवस मनाउनुपुर्व हामी बिर शहिद हरुको सम्झना गर्दछौं । ति बिर शहिद जसले हाँसि हाँसि आफ्नो प्राणको आहुती दिए र हामीलाई जहानियाँ राणा शाशनको चङ्गुलबाट मुक्त गराउन सके । प्रजातन्त्रको स्थापना गर्न ज्यानको आहुति दिने नेपालका महान सहिदहरु शुक्रराज शास्त्री,धर्मभक्त माथेमा, गंगालाल श्रेष्ठ, दशरथ चन्दको योगदानले निरंकुश तन्त्र विरुद्ध चालेको कदमले मुलुकमा स्वतन्त्रता समानता र न्याय स्थापनामा महत्वपूर्ण भूमिका निर्वाह गर्यो । नेपालका महान सहिदहरुले जहाँनिया शासनका विरुद्धमा आवाज उठाई प्रजातन्त्रको बिगुल फुकी जन जागरण अभियानलाई सार्थक बनाएको छ । जसको परिणामस्वरूप मुलुकमा प्रजातन्त्रको स्थापना निरंकुश तन्त्रको अन्त्य हुन सफल भएको छ। प्रजातन्त्रको उदयसँगै जनताद्वारा निर्वाचित सरकारले जनताको हकहितको लागि महत्वपूर्ण भूमिका निर्वाह गरेका छन्। यसको प्रमुख श्रेय नेपालका महान सहिदरुको महत्वपूर्ण योगदान हो। प्रत्येक वर्ष सहिद दिवसको अवसरमा नेपाल सरकारले सहिदहरूको शालिकमा माल्यार्पण गर्दै सहिदहरुको स्मरण गर्दछन्। तर विडम्बना के छ भने सहिदहरुले दौर्याएको मार्गमा हिँड्न नसक्नुले मुलुकमा व्यापक भ्रष्टाचार राजनीतिक खिचातानीको अवस्था श्रृजना भएको छ। यसबाट के प्रष्ट हुन्छ भने नेपालका महान सहिदहरूले डोर्याएको मार्गमा मुलुक अगाडि बढ्न नसक्दा नेपालका महान सहिदहरुप्रतिको सम्मान माल्यार्पणमा मात्र सिमित भएको देखिन्छ। त्यसैले सहिदहरुले डोर्याएको असल मार्गमा अघि बढेमा नेपालका महान सहिदहरुप्रति सच्चा सम्मान हुन्छ भन्ने विषयतर्फ सबैको ध्यान जान आवश्यक छ।


सम्बन्धित शीर्षकहरु

खुल्ला पोस्ट