बिद्यालयहरु पुन संचालनमा ………!

४ महिना अगाडि

सर्लाही कठ्याङ्ग्रीदो जाडो तथा बढदो Covid को लहरलाई मध्यनजर राखी बिगत केहि साता बाट बन्द रहेका सर्लाहीका निजि तथा सरकारी बिद्यालय आज बाट पुन संचालनमा आएका छन ।बाक्लो सितलहरका कारण जनजीवनमा प्रभाबित भए सङ्गै जिल्ला प्रशासन कार्यालय सर्लाही , जिल्ला शिक्षाकार्यालय सर्लाही तथा प्राइभेट स्कुल संचालक हरुको सङ्गठन pabsonले बिद्यालय बन्द गर्ने निर्णय गरेका थिय। यो सङगै हाल देश भरी आतंक मच्चाई रहेको Covid 19 को नयाँ भेरियन्ट OMICRON देखापरेपछी स्थानीय प्रशासनले उर्दि जारी गरि २५ जना भन्दा बढी जमघट हुने स्थान बन्द गराएको थियो ।

साथै Covid 19 का कारण बिगत केही साताबाट बन्द रहेको मालपोत कार्यालय हरिवन पनि भोलि बाट खुल्ला रहने जानकारी प्राप्त भएको छ ।


सम्बन्धित शीर्षकहरु

खुल्ला पोस्ट