मातृभुमि संस्था द्वारा कार्यको शुभारम्भ………!

५ महिना अगाडि

आज मिती २०७८/१०/१७ गतेका दिन यस मातृभुमी संस्थाकी सचिव दिक्षा थापाको सकृयतामा हनुमान ढोका दरवार वरी परि बस्ने गरेका दुःखि गरीब र बेसहारा ब्यक्तिहरुलाइ यो पुष माघको जाडोमा लगाउने न्यानो लुगा र कपडाहरु बितरण गर्ने कार्य सम्पन्न भएको छ । बिभिन्न समयमा बिभिन्न स्थानहरुमा सामाजिक कार्य गर्दै आउनु भएकी दिक्षा थापाले धेरै समय अगाडी देखीनै यस्तो कार्यमा रुची देखाई रहनु भएको थियो ।

लामो समयको सोंच बिचार अनी संघर्ष पछि लत्ता कपडा संकलन गर्ने कार्य भयो, धेरै समय अगाडी देखी यस्ता दुःखि गरीबहरुलाई देखेपछि के गरौं के गरौं हुने गरेको र अन्तमा केही त गर्नैपर्छ भनि यो काममा लागेको बताउनुहुने दिक्षा थापाले देश का बिभिन्न स्थानहरुमा बिशेष गरी मठ मन्दिर र देवस्थलहरुमा यस्था दिन दुःखिहरु बग्रेल्ती भेटिने गरेको बताउनुहुन्छ । तर तिनी हरुले नत राज्य बाट न त सरोकार वाला निकायहरुबाटनै राहत पाउँछन । सोही संस्थाका अध्यक्ष मनिष मानव भन्नुहून्छ यदाकदा सामाजिक अभियन्ता हरुद्वारा मात्र त्यो पनि कैलेकाहीं कहीं कतैबाट केही उपलब्ध भएको खण्डमा राहतका सामग्री हरु बितरण गर्ने गर्दछन । अन्यथा ति दुःखी गरीब र असहाय जनाताको जिउमा नत एकसरो लुगा हुन्छ नत एक छाक खाना नै । त्यस्ता ब्यक्तिहरुको जान पहिचान गरी तिनिहरुलाई ब्यवस्थित र जिउमा एकसरो लगाउने लुगा र एकछाक खाने व्यवस्था मिलाउन सके यस्ता दिनदुःखीहरुको संख्यामा कमि आउने थियोकी । तर पनि जसो तसो बाँचेकै छन यस्तो कठयाग्रिदो जाडोमा भन्दै खेद प्रकट गर्नु भयो । उक्त कार्यक्रममा संस्थाका अध्यक्ष मनिष मानब लगायत नबिन हेजु दिक्षा थापा निजन श्रेष्ठ र अन्य स्थानीय बासिन्दाहरुको सहभागिता रहेको थियो…..।


सम्बन्धित शीर्षकहरु

खुल्ला पोस्ट