सुलक्षण कीर्ति क्याम्पसको औपचारिक उदघाटन सम्पन्न…..
चैत ६ काठमाडौं । ‘अहिलेको आवश्यकताः दिगो शान्ति, सुशासन, सुख र समृद्धिका लागि बौद्ध ज्ञान विज्ञानमा
काठमाडौं । काठमाडौं महानगरका मेयर विद्यासुन्दर शाक्यले इन्द्रायणी गुरुयोजनाअन्तर्गत पार्कको शिलान्यास गरेका छन् । कालीमाटीदेखि बालाजुसम्म विष्णुमती नदी किनाराको जग्गा संरक्षण गर्ने, हरियाली विकास गर्ने तथा पार्क बनाउने कार्यक्रमअनुसार मेयर शाक्यले पार्कको शिलायास गरेका हुन् । २ रोपनी ८ आना ३ पैसा जमिनमा निर्माण हुने पार्क बनाउन १ करोड २२ लाख रुपैयाँमा सम्झौता भएको छ । यसको लागत १ करोड ८० लाख रुपैयाँ गरिएको थियो । शिलान्यासपछि बोल्दै मेयर शाक्यले प्राचीन इतिहास बोकेको सहर सहरी विकासको क्रमसँगै समयका हरेक खण्डमा बिगि्रँदै गएको उल्लेख गरे । शहर बिगि्रयो, त्यसको अपजस कसलाई दिने ? राम्रा काम जति भने मैले गरेको भनेर दावी गर्ने गरिन्छ,’ मेयर शाक्यले भने । निर्वाचित भएर आएदेखि सहरको मौलिकता जोगाउन तथा ठाउँ, समय र परिवेशका आधारमा आधुनिकताको उपयोगबाट सुधार गर्न प्रतिवद्ध भएर काम गरिरहेको बताए । पूर्वमन्त्री शुशिलकुमार श्रेष्ठले खुशिबु टाउन प्लानिङ सहरी विकासको सिकाइ भएको बताउँदै यसलाई नदी सभ्यतासँग जोड्न महानगरले अघि सारेको योजना राम्रो भएको बताए ।Enter
चैत ६ काठमाडौं । ‘अहिलेको आवश्यकताः दिगो शान्ति, सुशासन, सुख र समृद्धिका लागि बौद्ध ज्ञान विज्ञानमा
यो नारी दिवस हटाइयोस … ….. साच्चै नै यो नारी दिवश हटाउनै पर्छ …किनकी … तमाम
नेकपा एमाले कर्णाली प्रदेश सम्पर्क कमिटी अन्तर्गत विभिन्न जिल्लाहरुमा जिल्ला सम्पर्क मञ्चका अधिवेशनहरु आज सम्पन्न भएका