म जिताउँछु मेरो वडा र पालिका अभियान सहित एमाले कर्णालीका गाउँ गाउँ जाने !

४ महिना अगाडि

नेकपा एमाले कर्णाली प्रदेश सम्पर्क कमिटीले आज आर आर क्याम्पस काठमाडौंमा जिल्ला सम्पर्क मञ्चको पहिलो कार्यक्रम रुकुम पश्चिमको बाह्रौं अधिवेशन कार्यक्रमका प्रमुख अतिथी नेकपा एमाले स्थाई कमिटी सदस्य एवं प्रदेश इञ्चार्ज यमलाल कंडेलको प्रमुख आतिथ्यमा सम्पन्न भएको कार्यक्रममा “ म जिताउँछु मेरो वडा र पालिका ” कर्णाली प्रदेश सम्पर्क कमिटीको अभियानको सुभारम्भ संगै आसन्न बैशाख ३० गते स्थानिय निर्वाचनमा काठमाडौंमा भएको कर्णालीको एमाले भुगोलमा गाउँ गाउँ जाने भएको छ । प्रमुख अतिथी कंडेलले देशमा अहिले मुख्य रुपमा २ वटा पार्टी र शक्ति रहेको धारणा ब्यक्त गर्नु भयो । पहिलो शक्ति केपी ओली नेतृत्वको नेकपा एमाले र दोश्रो शक्ति शेरबहादूर नेतृत्वको गठबन्धन पार्र्टी भएकोमा आगामी निर्वाचनमा जनताले एमाले लाई पुनः पहिलो शक्ति बनाउने दाबी गरेका छन् ।
पश्चिम रुकुमका अध्यक्ष बिबेक पुन मगरको अध्यक्षता र सचिव रुपेश भण्डारीले सञ्चालन गरी सम्पन्न भएकोृ बाह्रौं अधिबेशनले पुनः बिबेक पुन मगरकै अध्यक्षतामा क्रमशः उपाध्यक्ष पुष्पलाल देवकोटा, उपाध्यक्ष प्रतिभा भट्टराई, सचिव भरतकुमार मल्ल उपसचिव प्रकाश चन्द, उपसचिव मनकामना पुन मगर कोषाध्यक्ष अमृत के.सी. लगायत ३७ सदस्यीय सम्पर्क मञ्च सर्वसम्मत रुपमा चयन गरेको कार्यक्रममा पोलिटब्यूरो सदस्य खेममान खड्का, केन्द्रिय कमिटी सदस्य तिर्था गौतम, चन्द्र बि.क. सम्पर्क समन्वय कमिटी अध्यक्ष श्याम बस्नेत, सदस्यहरु देवीराम भुषाल, सत्य देवी अधिकारी, कर्णाली प्रदेश सम्पर्क कमिटी अध्यक्ष जे.बी. शाही, जिल्ला कमिटी अध्यक्ष नन्दराम देवकोटा प्रदेश कमिटी सदस्य नारायण शाह , टोप बहादूर बि.सी. लगायत सम्पर्कका प्रदेश पदाधिकारी सदस्यहरु, र सम्पर्क मञ्चका अध्यक्षहरु उपस्थित रहेको कार्यक्रममा करिब ५०० जनाको सहभागिता रहेको कुरा कर्णाली प्रदेश सम्पर्क कमिटीका उप–सचिव लोकेन्द्र रोकाले बताउनु भयो ।


सम्बन्धित शीर्षकहरु

खुल्ला पोस्ट