Artist Profile

एमसीसीको विरोध नै विरोध…..!

४ महिना अगाडि

एमसीसीको विरोधमा आज जनवर्गीय संगठनले संसद भवन घेराउ गर्दै अमेरिकी आर्थिक अनुदान राष्ट्रघाती सम्झौता भएको भन्दै विरोध प्रदर्शन गरेका छन्। आज सडकमा भएको विरोधले संसदमा एमसीसी टेबल गर्ने भनिएको भएपनि संसदमा एमसीसी टेबल हुन पाएन। यसैगरी बन्दको सामान्य प्रभाव देशभरि नै कायम रह्यो। सडकमा भएको एमसीसी विरुद्धको आन्दोलनले प्रहरी र बन्दकर्ताबिच झडप भयो। सडक आन्दोलनका बिच संसद सञ्चालन भएपनि प्रमुख प्रतिपक्ष दल एमालेको अवरोध, कानुनमन्त्री दिलेन्द्रप्रसाद बडुद्वारा थारु आयोगको प्रतिवेदन प्रस्तुत शोक प्रस्ताव पारित गर्दै फागुन ६ गते दिउँसो १ बजे बैठक गर्ने घोषणा गरी प्रतिनिधिसभाको बैठक सम्पन्न गरियो। जनवर्गीय संगठनले गरेको एमसीसी विरोधका सत्ता गठबन्धनका शीर्ष नेताहरुबीचको भेटवार्ताले एमसीसी संसदमा टेबल नगर्ने समेत प्रस्ताव गर्यो। सत्ता गठबन्धनमा रहेको नेकपा माओवादी र नेकपा एकीकृत समाजवादीका नेताहरुले कुनैपनि हालतमा संसदबाट एमसिसी पारित नगर्ने निर्णय गरियो।यदि एमसीसी पारित गरिहालेमा सरकारबाट आफू बाहिरिने समेत नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठकले आफ्नो औपचारिक धारणा व्यक्त गर्यो। यसले सत्ता गठबन्धनका सरकारहरुबिच सरकार रहने कि नरहने भन्ने विषयमा प्रमुख प्रश्नवाचक चिन्ह समेत खडा गर्यो। यसैगरी विभिन्न राज्यका निकायमा रहेका सदनहरूमा एमसीसी विरुद्धको बहस,सडक संघर्षमा आफ्नो समय व्यतीत गर्यो। यसरी आज एमसीसीको बिरुद्धमा नेपाल बन्द सहितको संसद घेराउबाट सडक,संसद, सरकार, विभिन्न सदनहरू एमसीसीको विपक्षमा विरोध नै विरोध प्रदर्शन भएको छ।


सम्बन्धित शीर्षकहरु

खुल्ला पोस्ट