कान्छा उम्मेदवार …….!

४ महिना अगाडि

स्थानीय तहको निर्वाचनमा उम्मेदवारी दिने कान्छा समाजसेवी अल्बर्ट खड्काको घोषणा। प्रकाश कपाली। मुलुकमा स्थानीय तहको निर्वाचनको विषयले व्यापक चर्चा पाएको छ। स्थानीय तहको निर्वाचन हुँन लागेसँगै स्थानीय तहको निर्वाचनमा आजको युवा पुस्ताको नेतृत्वमा सरकार सञ्चालन हुनुपर्छ भन्ने भन्दै स्थानीय तहको निर्वाचनमा उम्मेदवारी दिने भएका छन्। युवा पुस्ताको नेतृत्वमा स्थानीय सरकार बन्नुपर्छ भन्ने स्वतन्त्र रुपमा धारणा प्रस्तुत गर्दै निरन्तर समाजसेवामा सक्रिय भएर लागिरहनुभएका समाजसेवी अल्बर्ट खड्काले स्वतन्त्र रुपमा तामाकोशी गाउँपालिका वडा नं ३ मा वडा अध्यक्षको पदमा उम्मेदवारी दिने भएका छन्। ‌स्थानीय क्षेत्रमा देखिएका समस्या समाधान गर्ने र‌ आफ्नो‌ क्षेत्रको विकास गर्ने उहाँको मुख्य एजेण्डा रहेको छ। स्थानीय जनताको समस्यालाई सम्बोधन गर्ने र जनताको सेवामा निरन्तर समर्पित भएर लाग्ने उद्देश्यले आफूले स्वतन्त्र रूपमा वडा अध्यक्षको पदमा उम्मेदवारी दिने तर्क उहाँले व्यक्त गर्नुभएको छ ।


सम्बन्धित शीर्षकहरु

खुल्ला पोस्ट