सम्पन्न भयो कर्णालीका मञ्चहरुको अधिवेशन (फोटोसहित)

४ महिना अगाडि

नेकपा एमाले कर्णाली प्रदेश सम्पर्क कमिटी अन्तर्गत विभिन्न जिल्लाहरुमा जिल्ला सम्पर्क मञ्चका अधिवेशनहरु आज सम्पन्न भएका छ्न ।
जस अनुसार सुर्खेत जिल्ला सम्पर्क मञ्चको १३ औं अधिवेशन कार्यक्रमका प्रमुख अथिती केन्द्रिय कमिटी सदस्य एवम् सुर्खेत जिल्ला इन्चार्ज नवराज रावतको प्रमुख आथित्वमा विशेष अथिती सम्पर्क समन्वय कमिटी अध्यक्ष कमरेड श्याम वस्नेत र कर्णाली प्रदेश सम्पर्क कमिटी सद्स्य एवम् सांसद ध्रुव कुमार शाही , कर्णाली प्रदेश सम्पर्क कमिटी जे.वि शाही, प्रदेश कमिटी सदस्यहरु हेम प्रकाश भुसाल, धनसिङ खड्का जिल्ला कमिटी सदस्य जसविर विश्वकर्मा , प्रदेश सम्पर्क कमिटी उपसचिव लोकेन्द्र रोका सदस्यहरु ध्रुव राज गौतम , लोकेन्द्र खड्का, माया सुवेदी , चन्द्रा कुमारी सापकोटा लगायतको उपस्थिति रहेको कार्यक्रमको अध्यक्षता सम्पर्क मञ्चका अध्यक्ष निराजन भट्टराईले गर्नुभएको कार्यक्रमको सञ्चालन सम्पर्क मञ्चका उपसचिव मदन सिंह ठकुरीले गर्नु भएको थियो । उक्त अधिवेशनले खेम केसी अध्यक्ष रहेको २७ सदस्यीय जिल्ला सम्पर्क मञ्च चयन गरेको छ ।
क्रमश : उपाध्यक्ष :– मदन सिंह ठकुरी उपाध्यक्ष :– चन्द्रावती सापकोटा सचीव :– सुनाइल थापा उपसचिव :– खड्क बहादुर खड्का कोसाध्यक्ष :– मिलन डिसी रहेका छ्न । यसै गरी दैलेखको ११ औं अधिवेशनले अध्यक्ष :– बिशाल बिश्वकर्मा रहेको कमिटीका उपाध्यक्ष कटक शाही , सचीव छ्त्र थापा, उपसचिव मादव प्रसाद भट्टराई , उपसचिव राधा श्रेष्ठ चयन भएका छ्न ।
मुगु जिल्ला सम्पर्क मञ्चमा सर्जन बराल अध्यक्ष रहेको ३१ सदस्यीय मञ्चको उपाध्यक्षमा सोनाम पान्देन लामा, उपाध्यक्ष प्रेम शाही , सचीव नरेश शाही, उपसचिव बिर्ख रोकाय कोषाध्यक्ष नौला सिं नेपाली रहेको कमिटी चयन भएका छन् ।
आज जाजरकोट , हुम्लाको आज साझसम्म अधिवेशन सम्पन्न गरिने कुरा कर्णाली प्रदेश सम्पर्क कमिटीका उपसचिव लोकेन्द्र रोकाले बताउनु भएको छ ।


सम्बन्धित शीर्षकहरु

खुल्ला पोस्ट