MCC को बिरोधमा उत्रीयो नेपाल नागरिक अभियान (सर्लाही)…

४ महिना अगाडि

नेपाल् नागरिक अभियान सर्लाहीले MCC बिरोध कार्यक्रमको गरेको छ , जिल्लाको हरिवन , लालबन्दी ईश्वरपुर लगात विभिन्न स्थानमा नेपाल सरकारले नेपाली जनता प्रती पटकपटक गरेको प्रहारले देश संकटमा पुगेको भन्दै आक्रोशित युबाहरुले नेपाल सरकारको घोर निन्दा गरेका छन ,सो बिरोध कार्यक्रममा नेपाल नागरिक अभियानका जिल्ला अध्यक्ष , ऋषिराम कडरिया ,उपाध्यक्ष शंकर खनाल ,न.क. अध्यक्ष रन्जित धमला , व्यावसायि कृष्ण जङ्ग थापा लागायतले आ आफ्नु धारण राख्नु भएको थियो । राजाले बचाएर राखेको देश गणतन्त्रबादी नेताहरुले अमेरिकी साम्राज्यवादलाई सुम्पन लागेको भन्दै तुरुन्त यो सम्झौता खारेज नगरे शेर बहादुर देउवा इतिहासकै नालायक प्रधानमन्त्री साबित हुने र देश ठूलो अन्तरिक द्वन्द्दमा जाने भन्दै आक्रोशित भिडले प्रधानमन्त्री शेर बहादुर देउवाको घोर बिरोध गरेका छ । खुल्ला सन्चारका सर्लाही बाट शंकर खनाल ।


सम्बन्धित शीर्षकहरु

खुल्ला पोस्ट