उल्लासमय रक्तदान कार्यक्रम सम्पन्न ….!

३ महिना अगाडि

देश निर्माण युवा समाज नेपाल द्वारा आयोजित पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गरिएको छ । उक्त कार्यक्रममा सभापतिको आसन ग्रहण संस्थाका सल्लाहकार गोकुल थापाले गरेका थिए भने कार्यक्रममा बिशेष अतिथीको रुपमा नेपाल रेडक्रस सोसाईटी रक्त सञ्चार सेवाका निर्देशक दिब्यराज पौडेल र प्रमुख अतिथीमा ललितपूर वडा नं. १० का वडाध्यक्ष नरसिंह व्यञ्जनकारले गर्नु भएको थियो । अतिथीहरुमा संस्थाका अध्यक्ष खेम बहादुर बुढाथोकी महिला वातावरण समुहका उपाध्यक्ष कमला बिष्ट महानगरीय प्रहरी प्रभाग हनुमानस्थानका प्र.स.नि हेम बहादुर डाँगी, टोल सुधार समिती कुपण्डोलका अध्यक्ष मथुरा बिष्ट, लगायत रहेका थिए । उक्त रक्तदान कामर्यक्रममा ६५ जना रक्तदाता हरुले रक्त दान गरेका थिए जसमा पुरुष तर्फ ५३ जना र महिला तर्फ १२ जनाको सहभागीता थियो । उत्साहपुर्ण रुपमा कार्यक्रम सम्पन्न भएको र आगामी दिनहरुमा पनि यस्तै यस्तै सामाजिक कार्यक्रमहरु हाम्रो संस्था द्वारा निरन्तर रुपमा गरिरहने छौं भन्दै संस्थाका बरिष्ठ सल्लाहकार गोकुल थापाले उपस्थित सबैलाई धन्यबाद दिनुभएको थियो । त्यसै गरी संस्थाका अध्यक्ष खेमबहादूर बुढाथोकीले पनि मायाको चिनो प्रदान गर्दै उल्लासमय उपस्थितीको लागी सबैलाई धन्यबाद दिनुभएको थियो । कार्यक्रम सञ्चालन संस्थाका कोषाध्यक्ष दिनेश शिल्पाकारले गरेका थिए ।


सम्बन्धित शीर्षकहरु

खुल्ला पोस्ट