किन मनाउने हामी नारी दिवश ?

३ महिना अगाडि

यो नारी दिवस हटाइयोस … ….. साच्चै नै यो नारी दिवश हटाउनै पर्छ …किनकी … तमाम दिदी बहिनिहरुको कुरा सुन्दा यस्तो लाग्छकि यो महिलाले शासन गरेको देशमा कहिल्येई महिलाले न्याय पाएनन, धेरै पिडित छन महिला दिदीबहिनिहरु र पनि मौन र मुक दर्शक छन हाम्रा मुलुकका महिला रास्ट्रपती । केवल एक दिनको महिला मुक्तिको ठूलो ठूलो भाषणले केही लछार पाट लाग्ने वाला छैन । साच्चै भन्नू पर्दा बिध्या देवि भन्डारी आफ्नै बल र बुताले रास्ट्रपती भएकी होइनन ।।। जस्को कुनै आफ्नै सिद्धान्त नै छैन ।।।। बिचार नै छैन ।।। येस्तो नारीले कसरी राष्ट्रको जनतालाई खुशी तुल्याउन सक्छ ?
प्रसङ्ग अलिकती बदलौ । आजको युग्मा सबै नारी पुरुष समान हुन , सम्पुर्ण नारी जाती हरुलाइ चेतना भया …बर्षभरिमा केवल एक दिन मात्र नारी दिवश मनाएर .. खुशी हुनु को कुनै औचित्य छैन ।।। यहाँ पुरषलाई मारेर सुट्केस मा प्याक गरेर फ्याल्न सक्ने बहादुर नारी पनि छन् भने 3-4 पटक सम्म बिबाह गरेर तिन चार जना पुरुष सङ्ग सम्पत्ती असुल उपर गर्ने कलन्कित नारी पनि यहि समाजमा छन । राम्रो सङ्ग चियाएर हेर्ने हो भने महिला र पुरुश दुबै समान रुपमा पिडित र बलात्कृत छन । केवल पुरुशले खुलेर ब्यक्त गर्न सक्दैन र नारिले आफू पुरुश् द्वारा पिडित भएको कुरा खुलेर ब्यक्त गर्छन किनकी समाजले पनि नारिलाइ साथ दिन्छ । यस्को मुख्य कारण हो नेपालको कानुनले नारिलाइनै धेरै सुरछ्या प्रदान गरेको छ । … तसर्थ केवल नारिलाइ मात्र कम्जोर सोच्नु पनि गलत हुन्छ भने पुरुश लाई मात्र क्रुर र बलात्त्कारि सोच्नु पनि पुरुश जाति माथिको बिभेद र अन्यायनै हुनेछ । समग्रमा भन्नू पर्दा यहाँ सबै नारी पुरुश समान रुपमा दोशि र कम्जोर दुबै छन ।
जहाँ सम्म नारी दिवसको सवाल छ म यस्को पुर्ण रुपमा बिरोध नै गर्छु । जुन देशमा बर्षभरि सैयोउ महिलाहरु बलात्कृत र पिडित छन त्यस देशमा केवल एक दिन मात्र ठूलो ठ्लो भाषण गर्दैमा महिला मुक्तिको नारा घन्काउदैमा नारी सुखी र स्वतन्त्र हुनु सक्दैन । जुन देश को नारी राष्ट्रको सर्वोच्च र गरिमामय पद ओगटेर बसेको छ जस्ले कहिल्येई पनि नारिको हत्या हिम्सा र बलात्कारको सम्बन्धमा आज सम्म एउटा पनि बक्तब्य दिन सकेन त्यस देशको नारिले नारि दिवस को दिन केवल एक दिन मात्र सन्तोश को स्वश फेर्न पनि कसैको अनुमती लिनु पर्छ भने यो खोक्रो नारा र भाषणमा एक निमेश पनी खर्छ गर्नु ब्यर्थ छ ।
हरेक बर्ष नारि दिवसको दिन एक न एक बखेडा निस्कीरहेको हुन्छ । अहिले राष्ट्रपति प्रती तमाम महिला र महिलाबादिहरु असन्तुष्ट छन – कारण रास्ट्रपती, केवल कुर्ची को लागि मात्र रहेछ । कुनै सैद्धान्तिक बिचार नभएको बिबेक हिन र कठ्पुतलिको रुपमा रहेको हाम्रो महिला राष्ट्रपती महिला भैकन पनि महिलाको लागि एक शब्द आवाज निकाल्न नसक्ने जुन राष्ट्रको सर्वोच्च र गरिमामय राष्ट्रपती जस्तो पदमा बस्नुको कुनै औचित्य छैन । यी र येस्तै खाले शब्द हरु यत्र तत्र सर्वत्र सुनिन्छन ।
अन्त्यमा जे जस्तो भएपनी बौद्धिक बर्गका महिला दिदी बहिनिहरुले केवल यो सोच्नु पर्योकी महिला पुरुश समान रुपले काध मा काध मिलएर हिड्न सकेमा उज्वल भविश्यको आशा गर्न सकिन्छ ।। पुरुश को जुठो खाएर र ३३ प्रतिशत अधिकारमा रमाएर र कुनै पनि महिलाले चर्को आवजमा बोल्दैमा महिला मुक्ती हुन सक्दैन ।। महिला मुक्ती र स्वतन्त्रतको लागि त हरेक छेत्रमा ५० प्रतिशत अधिकार हासिल गर्नु छ ।। राजनितिक, सामाजिक, पारिवारिक तथा राज्यले प्रदान गर्ने जुन्सुकै सेवा सुबिधामामा पनि नारिले पुरुष सरह समान हक र अधिकार पाउनु जरुरी छ ।


सम्बन्धित शीर्षकहरु

खुल्ला पोस्ट