प्रधानमन्त्रीलाई विश्वरामको खुल्लापत्र : के अब हामीले न्याय नपाउने नै हो त ?

अशोज १२, २०७३

14518747_1781254145476689_358434719_n

समाननीय प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड) ज्यू,

क्रुर यातना दिएर मारिएपछि आत्महत्या करार न्याय पाउँछु कि भनी यो बिन्तिपत्र सहितको अनुरोधरुपी चिठी यो मिडिया मार्फत संप्रेषण गर्न खोजेको छु ।

प्रधानमन्त्री ज्यू,
ललितपुर जिल्लाको ठूलादुर्लुङ गाविस वडा नं. ८ मा मेरी सहोदर माइली बहिनी सरीता तिमिल्सिना कक्षा ९ मा पढ्दै थिइन् । वि.सं. २०७१ चैत्र २ गते बहिनीलाई स्कुल पढाएको बेला ठूलादुर्लुङ्ग र बालुवाडाँडामा स्थायी ठेगाना भएको उपेन्द्र घिमिरेको ललाइफकाइ र बहकाउमा परी उसैसँग प्रेम विवाह गरी गएकी थिइन् । आफ्नो माइती, दाजुभाइ, दिदीबहिनी गाउँघर सबै बिर्सिएर आफ्नो भविष्यलाई उज्जवल बनाउने आशामा कर्मघर गएकी मेरी बहिनीलाई २०७२ असोज १७ गते बिहान करिब ७ बजेतिर मेरो कानमा बहिनी मरेको खबर गाउँलेले फोन गरेर सुनाउँदा म छाँगाबाट खसेजस्तै भए ।

लाउँलाउँ खाउँखाउँ भन्ने उमेर भएकी १९ वर्षीया मेरी बहिनीलाई विभिन्न यातना दिएर मारी घर नजिकैको रुखको हाँगामा घाँटीमा डोरी लगाइएको अवस्थामा भेटियो । घटनास्थल र घटनाको सम्पूर्ण प्रकृति हेर्दा कुनै पनि हालमा यो आत्महत्या हुन नसक्ने ठहर गाउँलेहरूले र छरछिमेक आफन्तहरूले गरेका छन् । शरीर पुरै भुँइमा लतारिएको थियो । घाँटीमा डोरीको २ वटा डाम प्रष्ट देख्न सकिन्थ्यो । तस्बीर आफैँ बोल्छ भनेझैँ त्यहाँको अवस्थाले घटनाको सम्पूर्ण विवरण बताइरहेको भान हुन्थ्यो । त्यो घरमा पहिलादेखि नै पनि झैझगडा भइरहन्थ्यो भनेर गाउँलेहरूले पनि भनेका छन् । त्यो दिन बिहानैदेखि त्यसै घरको घरमुलि सदस्य मृतक बहिनीका ससुराको व्यवहारले पनि थाहा हुन्छ कि यो हत्या नै हो भनेर ।

बिहान ३ बजे नै छिमेकीका घरमा जाने, कहिल्यै नबोल्ने मृतक सरिताको फुपुको घरमा गएर भित्र बसी हतास देखिनु, आत्तिएको र रातोपिरो अनुहार लगाएर छटपटी हुनु र त्यसै बखतमा यता आफ्नो छोरो उपेन्द्रले फोन गरेर सरीता झुन्डिएको भनेर खबर सुनाउनु अनि फुपाजुलाई लिएर जानु यो सबै बनावटी र नाटकको रोल खेलेका छन् । ततःपश्चात् उनीहरूका परिवारले माइतीलाई केही खबर नगरी पुलिस प्रशासन बोलाउने अनि हामी माइती पक्षलाई चाहिँ १० बजेतिर मात्रै खबर ग¥यो । त्यो पनि मृतकको छिमेकीबाट । हामी घटनास्थलमा पुग्दा लगभग १२ बजिसकेको थियो । हामी त्यहाँ पुग्दा त गिम्दी र चापागाउँ प्रहरी वृतका प्रहरीहरू अगाडि नै घटनास्थलमा पुगिसकेका छन् । मृतकको ससुरा कृष्ण प्रसाद घिमिरे र श्रीमान् उपेन्द्र घिमिरेलाई हतकडी लगाएर राखिएको थियो । गाउँले र प्रहरीले उपेन्द्रलाई सोध्दा बुबाले भनेपछि मात्र घटनाबारे भन्छु भन्दै कुरा खोल्न मानेनन् । प्रहरीले चापागाउँमा गएको एम्बुलेन्समा राखी संरक्षण, दिइएको ज्यानमारा हो, अब यसले उता गएर सजाय पाउँछ भनी पुलिसले हतकडी लगाई गाउँलेलाई आश्वासन दिई लास र बाउ छोरालाई चापागाउँ ल्याइयो । पोष्टमार्टमको लागि भोलिपल्ट टिचिङ चापागाउँ ल्याइयो । पोष्टमोर्टमको रिपोर्टका लागि ३ दिन कुरियो । रिपोर्ट आउँदा तर झन् छाँगाबाट खसेजस्तै भयो । रिपोर्ट त म्भबतज ष्क मगभ तय जबलनष्लन रे । जबलनष्लन त जबलनष्लन तर आफै कि अर्काले भन्ने कुरो पुलिसले सत्यतथ्य प्रमाणसहित खोजतलास गर्नुपर्ने होइन र प्रधानमन्त्री ज्यू ?

हामी माइली र छिमेकी भन्छौ कर्तव्य तर पुलिस प्रशासन भन्छ भविष्य । लासलाई माइती र घरपरिवारको मातहातमा हस्पिटलमा राखियो तर १७ दिनपछि दशैँको मौका पारेर रातारात गरी हामी माइती पक्षको सहमतिबिना लास जलाएछन्् । कमसेकम लास जलाउँदा हामी माइती पक्षलाई पनि नगुर्नमा अपराधीहरूको कर्तव्य घामजस्तै लर्छङ्ग देखिएको छ । अझै पनि न्याय पाउँछु कि भनी राष्ट्रिय मानवअधिकार अयोग, राष्ट्रिय महिला आयोग माइती नेपाल, जिल्ला प्रशासन आदि ठाउँहरूमा हारगुहार गर्दा पनि पिडितका आवाज सुनवाई भएन । किटानी जाहेरी लिएर प्रहरी परिसर ललितपुर जाँदा किटानी जाहेरी दर्ताको लागि पहल भएन । हुलाकबाट कटानी जाहेरी पठाउँदा पनि सुन्ुवाइ भएन ।

के अब हामीले न्याय नपाउने नै हो त प्रधानमन्त्री ज्यू ? म मृतक सरीताको विरही दाइ भन्छु, कुनै एंगलबाट हेर्दा पनि यो आत्महत्या हुन सक्दैन । के के अब हामीले अन्यायलाई नै सहेर बस्नुपर्ने हो त ? कुटीकुटी घाँटीमा तातोपानी खन्याएर मेरी बहिनीको हत्या गरे ससुरा र श्रीमान् मिलेर । जो आफ्नी श्रीमती र बुहारीलाई तड्पाइ तड्पाई मार्न सक्ने अपराधीलाई कानुनी कठघरामा उभ्याउने अधिकार छ कि छैन प्रधानमन्त्री ज्यू ?

म मात्र नभई कैयौँ चेलीहरू दाइजोको निहुँ, घरेलु तथा महिला हिंसामा परी मानसिक र शारीरिक यातना भोग्दै अकालमा मृत्युवरणमा गर्न बाध्य भएका सैयौँ नेपालीहरूको संयुक्त प्रतिनिधि आवाज हो यो । आशा छ प्रधानमन्त्री ज्यू, हजुरले यो पत्रलाई ध्यान दिएर मनन गर्नु भई न्याय दिलाउनु हुनेछ भनी हामीले आशा राखेका छौँ । एक वर्षसम्म भइसक्दा पनि न्याय नपाई उसको वार्षिक तिथिको पूर्वसन्ध्यामा मैले पुनः यो आवाज उठाएको छु ।

– विश्वराम तिमल्सिना
ठूलादुर्लुङ, ललितपुर


सम्बन्धित शीर्षकहरु

खुल्ला पोस्ट

समाज सेविलाई सम्मान :

पुर्व उपप्रधानमन्त्री तथा गृह मन्त्री बामदेव गाैतम र पुर्ब उपराष्ट्रपति परमानन्द झा द्वारा सम्मान तथा मायाको

एउटा नयाँ अभियान, जसले देशको अखण्डता र स्वाभिमा बचाउन सक्छ …….”Call to Government of India”

नेपालको खस्कंदो राजनितिक अवस्था, राजनितिक दलहरुको मनपरि निर्णय, भ्रष्टाचारमा लिप्त सरकारका बिभिन्न पदाधिकारीहरु, कीं कर्तब्य बिमुढको