“मरुभूमिबाट मुनालाई मदनको पत्र”

अशोज १५, २०७३

suraj

 

प्रिय
तिमीलाई थाहा छ?
सेक्स्पियरका रोमियोले जुलियटको काखमा
आफ्नो अन्तिम श्वास फेर्दै गर्दा
देवकोटाको यो मदनले भोटमा
हैजाको सिकार हुनुपरेको थियो
त्यसै बखत
तिम्रो भूमिमा झनै economic crisis बढ्दा
economic revolution गर्न
भोटबाट सिधै पुगेको हुँ म
The Great Arab को sahara desert मा ।।

हो मेरो आर्थिक क्रान्ति
त्यहिँ बाट सुरु भयो
उंटको थुनबाट रियाल दुहुने
र घाटमा लास गाडेर रियाल फलाउने
पहिलो आर्थिक क्रान्ति ।।

सायद कसैले तिमीलाई
यो पत्र पुग्न नपाउँदै
यो मदनको मृत्यूको खबर
पुर्‍यायो होला
वा
कसैले मेरो बगैंचामा फुलेको
बैँसको फूल – मेरी मुनाको
जवानी र उनको अनेकन अपूर्ण इच्छा
पूरा गर्न टपक्क टिप्यो होला
तर विवस छ यो मदन
त्यहाँ मुनाको जवानीको ज्वाला दन्किदा
यहि भूमिमा क्रान्तिको ज्वाला दन्काउन ।

मेरी मुना
तिमीले भनेकी थियौ
“साग र सिस्नु खाएको बेस आनन्दी मनले”
तर त्यही साग र सिस्नु फलाउन नसक्दा
तिम्रो जवानीको ज्वाला निभाउन नपाई
यो मदनले टेकेको हो
यो भीषण भूमिको
मरुभूमिमा
भोलिको सुनौलो घामको परिकल्पना गर्दै ।

थाहा छ
तिम्रा प्रेमले सर्जरी गरेको मस्तिष्कबाट
फिलामेन्ट बत्ति बल्दछ
जब तिम्रा स्मृतिहरू मस्तिष्कमा
शक्ति रूपान्तर गर्दै
love energy लाई light energy
उत्पादन गर्दछ
र तिम्रै यादहरूले
यहाँको heat energy लाई wind energy मा
transform गर्दछ
र त म यो मरुभूमिको
तापमा जल्न सक्दिनँ
म मरुभूमिमा जलकृडाको अनुभुति गर्छु ।

प्रिय!
थाहा छैन के गर्दै छौ
कस्ती छौ
कतै आफ्नो यौवनको ज्वालालाई
थेग्न नसकी कसैको
प्रेम पोखरीमा चुर्लुम्म डुब्यौ कि ?
म आउँदा तिमीलाई भेटौँला नभेटौँला
तर यदि भेटेँ भने चिन्ता नलिनु
म त्यो राम हैन जसले पवित्र सीताको
पवित्रताको जाँच गर्न अग्नि परीक्षा लिएको थियो
म बिना कुनै सवाल तिमीलाई सहर्ष स्वीकार्ने छु ।।

-सफल सुरज
सिन्धुपाल्चोक
हाल: काठमाडौं


सम्बन्धित शीर्षकहरु

खुल्ला पोस्ट

ओमीक्रोनको कारण तोकिएको परिक्षाहरु स्थगित हुँदै शिक्षालयहरु पनि बन्द हुने क्रममा ……!

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले अहिले संचालन भइरहेका र हुने सबै तहका परीक्षाहरू स्थगित गरेको छ ।

काठमाडौं : वरिष्ठ गायक राम कुमार साय्‌मिको जित:योम्ह मय्‌जुको मिखा छं ल्वाका नामक नेपालभाषाको गीतको आज