जब भक्तराजका आँखा रसाए…

अशोज १८, २०७३

आईतवार राजधानीमा सांगितिक कार्यक्रम आयोजना गरियो । कार्यक्रमका मुख्य आकर्षण थिए भजनशिरोमणी भक्तराज आचार्य । उनका गित सुन्नका लागि थुप्रै संगितका पारखीको उपस्थिति थियो ।

16100330fdfd

आफुले वर्षौ पहिला गाएका गित आफ्ना छोराहरु सत्यस्वरुपले गाउन सुरु गरे । एक त छोराहरुको गायन कलामा ध्यान दिए त कुनै बेला श्रोताले मन पराएको गित सुन्दा खुसि पनि दिए । गित सुन्दै जादा उनका आखा रसाए । आफुले गाउन नसकेपनि छोराहरुले आफ्ना गित पुराना श्रोतालाई सुनाउदा उनका आँखा रसाएका थिए ।

२८ वर्षपछि आईतवार राजधानीमा भक्तराजको कालजयी गित गुञ्जियो । भलै उनले गाउन त सक्दैनन तर उनका छोराहरु सत्य–स्वरुप आचार्यले बुवा भक्तराजका गितहरु गाएका थिए । आफ्नो बुवाको गितहरु गाएर पुरानो दिन स्मरण गराएका थिए । भक्तराज पनि  आफ्ना छोराहरुको गित सुनेर बसे । कुनै गितले भक्तराजका आखाँ रसाउथ्यो ।

16100330fdgfdg

उनीप्रति समर्पित कार्यक्रमलाई सायद लागेको थिएन कि छोटो समयमा आफ्नो सांगितिक गायन यात्रा टुङ्गएिला भनेर । सांगितिक उचाई लिएका आचार्यलाई धेरै गित गाउने ईच्छा थियो तर २०४६ साल मंसिर १९ मा भएको सांघातिक आक्रमण भएपछि भजन शिरोमणी भक्तराज आचार्यको गायन यात्रा रोकियो । नेपाली सांगितिक क्षेत्रले  बहुमुल्य प्रतिभाका धनीको स्वर  गुमाएको थियो ।  गाउन नसकेपनि उनका छोराहरुले सांगितिक सफलता पाएपछि उनी खुसि पनि छन ।

केएफए ले  भक्तराज आचार्य सुमधुर साँझको आयोजना गरेको हो । पाटनको संग्रहालयमा आईतवार संगितप्रेमीहरुको भिड लागेको थियो । भक्तराज प्ति समर्पित कार्यक्रमको लागि उनका फ्यानहरुको बाक्लो उपस्थिति रहेको थियो ।उनका  गित मन पराउनेहरु आईतवार फेरी एक पटक उनको गितमा रम्न पाए ।

साझ साढे ६ बजेदेखि सुरुभएको सांगितिक कार्यक्रम लगातार साढे दुई घण्टासम्म चलिरह्यो । मन्त्रमुग्ध भएर श्रोताहरु सत्यस्वरुपको आवाजमा भक्तराजको गितमा झुमेका थिए । सत्यस्वरुप पालै पालो गित प्रस्तुत गरिरहदा दर्शकलाई समय  वितेको पत्तो भएन । सतयराजले ‘जहाँ छन बुद्धका आँखा’गित गाएर कार्यक्रमको सुरुवात गरे । स्वरुपले ‘जति चोट दिन्छौ देउ मायालु ’ गित गाउदा दर्शकश्रोताको मन जित्यो । सत्यस्वरुपले बुवाको लोकप्रिय गितहरु प्रस्तुत गरेका थिए । उनीहरुले भक्तराजलाई चिनाएका १७ वटा गित तथा भजन प्रस्तुत गरेका थिए । दर्शकले अत्याधिक मन पराएर  ‘हजार आँखा हेर्ने मेरी मायालुलाई’ गित र ‘एकदिन मैले प्रभुसंग सोधे ’ भजन पुन गाउन बाध्य हुनुपर्‍यो ।

16100330ffddfdfd

रेस्ता फोण्डेसन र भक्तराज आचार्य संगित प्रतिष्ठानको सहयोगार्थ कार्यक्रम गरिएको थियो । थोरै मात्र यस्ता कार्यक्रम गर्न पाईने भन्दै गायक स्वरुपराज आचार्यले ऐतिहासिक भएको बताए ।


सम्बन्धित शीर्षकहरु

खुल्ला पोस्ट

समाज सेविलाई सम्मान :

पुर्व उपप्रधानमन्त्री तथा गृह मन्त्री बामदेव गाैतम र पुर्ब उपराष्ट्रपति परमानन्द झा द्वारा सम्मान तथा मायाको

एउटा नयाँ अभियान, जसले देशको अखण्डता र स्वाभिमा बचाउन सक्छ …….”Call to Government of India”

नेपालको खस्कंदो राजनितिक अवस्था, राजनितिक दलहरुको मनपरि निर्णय, भ्रष्टाचारमा लिप्त सरकारका बिभिन्न पदाधिकारीहरु, कीं कर्तब्य बिमुढको