सुलक्षण कीर्ति क्याम्पसको औपचारिक उदघाटन सम्पन्न…..
चैत ६ काठमाडौं । ‘अहिलेको आवश्यकताः दिगो शान्ति, सुशासन, सुख र समृद्धिका लागि बौद्ध ज्ञान विज्ञानमा
काठमाण्डौँ : जनावरमा हुने टिबी रोग मानिसका लागि खतरनाक रहेको चिकित्सकले बताएका छन् । चिकित्सक तथा पशु चिकित्सकको टोलीले गरेको पछिल्लो अनुसन्धानले दुषित खानाका कारण जनावर हुने गरेको टिबी मानिसका लागि पहिले सोचिए भन्दा धेरै खतरनाक रहेको देखिएको हो ।
यसअघि जनावरमा हुने जुनोटिक टिबी मानिसका लागि त्यती खतरनाक नरहेको मानिएको थियो । दुषित खानाका कारण पशुलाई हुने गरेको टिबी मानिसलाई भएमा अवस्था गम्भीर हुने अनुसन्धानकर्ताले बताएका छन् । यो टिबीको उपचार अहिले मानिसलाई हुने गरेको टिबीको भन्दा कठिन हुन्छ ।
सन् २०३५ सम्ममा विश्वबाट टिबी रोग निर्मूल गर्ने लक्ष्य लिइएको छ । तर पछिल्लो अध्ययनले यसमा थप अवरोध आउन सक्ने देखिएको छ । पशुमा हुने गरेको टिबीलाई दशकौंदेखि बेवास्ता गरिएकाले थप समस्या आउन सक्ने विश्व स्वास्थ्य संगठन डब्लुएचओले जनाएको छ ।
जनावरमा हुने टिबी मानिसमा सर्ने प्रमुख माध्यम प्रशोधन नगरिएको दूध हो । जुनोटिक टिबी भएको जनावरको नजिक रहने मानिसमा संक्रमणको खतरा रहेको अनुसन्धानकर्ताले बताएका छन् । पशु चिकित्सक, किसान र बधशालमा काम गर्ने मानिसमा बढी खतरा हुन्छ ।
हरेक वर्ष एक लाख २० हजार भन्दा बढी जनावरमा टिबीको नयाँ संक्रमण देखिन्छ । अध्ययनबाट मेक्सिकोमा टिबी रोग लागेका मानिस मध्ये २८ प्रतिशतमा जनावरबाट सरेको देखिएको छ । यस्तै भारतमा यो संख्या ९ प्रतिशत छ भने अमेरिकाको क्यालिर्फो्नियामा ४५ प्रतिशत छ ।
चैत ६ काठमाडौं । ‘अहिलेको आवश्यकताः दिगो शान्ति, सुशासन, सुख र समृद्धिका लागि बौद्ध ज्ञान विज्ञानमा
यो नारी दिवस हटाइयोस … ….. साच्चै नै यो नारी दिवश हटाउनै पर्छ …किनकी … तमाम
नेकपा एमाले कर्णाली प्रदेश सम्पर्क कमिटी अन्तर्गत विभिन्न जिल्लाहरुमा जिल्ला सम्पर्क मञ्चका अधिवेशनहरु आज सम्पन्न भएका