विरामी पर्दा र चाडबाडमा जन्मभुमी र आमा बुबालाई धेरै सम्झिन्छु : गीतकार नूतन भुसाल

कार्तिक २, २०७३

बिगत १० वर्ष देखि कर्मभुमी ईजरायलमा संघर्षरत पाईलाहरू अगाडि बढाउँदै आफ्नो घरपरिवारलाई पनि समय दिनुका साथै गीत-संगीतमा सुमधुर मन छुने सृजनाहरू कोर्दै र आफ्नै क्षमताले भ्याएसम्मको लगानी गरी लाखौ करौडौ श्रोता, दर्शक तथा आम नेपालीको मनमा बस्न सफल भएकी नेपाली चेली हुन् नूतन भुसाल  उनको जन्म तनहुँ जिल्लाको खैरेनीटारमा पिता गोपीलाल भुसाल र माता राम कुमारी भुसालको कोखबाट भएको हो । प्राथमिक तहको शिक्षा गाउँकै जनज्योती माध्यमिक विद्यालयबाट हासिल गरेकी नूतनको माध्यमिक तहको शिक्षा भने गोरखाको शक्ति मा. वि. बाट पुरा भएपनि उच्च शिक्षा काठमाण्डौबाट हासिल गरिन् । 

unnamed (1)

देशमा वेरोजगारीले जरा गाडिसकेको थियो । आखिर अन्तमा लाखौ युवा युवती जस्तै नुतनले पनि सात समुन्द्र पारी इजरायल पुग्नु पर्यो । फलत: हालसम्म इजरायलमै संघर्षरत छन् उनका पाईलाहरू । उनै  संघर्षशिल नेपाली चेली नूतन भुसालसंग हाम्रा सहकर्मी केशब भट्टले गरेको कुराकानी  :

  •  पछिल्लो समय के मा व्यस्त हुनुहुन्छ ?

– परदेशी जीवन काम नगरी हुँदैन आफ्नो नियमित गर्ने काम गर्छु, समय मिल्दा लेख्ने गर्छु र भर्खरै मात्र मेरो गीती एल्बम नूतन खण्ड २ बजारमा ल्याएको छु, त्यसैको प्रमोसनमा लागेकी छु ।

  • परदेशमा कतिको दु:ख छ ? जन्मभुमिको याद कति बेला बढि आउँछ ?

– अर्काको ठाउँमा काम गर्दा दु:ख त हुन्छ नै । तर पनि काम गर्ने बानी मेरो सानै देखिको हो । त्यसैले त्यस्तो सारै गार्हो लाग्दैन । आफ्नो देश जन्म भुमीको याद जति बेला पनि आईरहन्छ तर अलि बढि भन्नु पर्दा बिरामी हुँदा, चाडबाडमा पनि आमा र देशको याद धेरै आउँछ  ।

  • गीत संगीतमा कसको प्रेरणा पाएर लाग्नु भयो ?

– गीत संगीत सानै देखी मन पर्थ्यो । यसमै लाग्छु भन्ने थिएन तर कवि धर्मराज थापा लाई केही हद सम्म लिन्छु । उहाँले मेरो घरमा आउँदा आगन्तुक पुस्तिकामा लेख्नु भएको कविताले मलाई कविता लेखुँ जस्तो लाग्थ्यो । त्यस्तै लेख्न सके हुन्थ्यो जस्तो लाग्थ्यो । उहाँलाई लिन सक्छु नत्र अरु त्यस्तो कोही छैन ।

  •  हालसम्म के कति सृजनाहरू एल्वमको रुपमा सार्वजनिक गर्नु भयो ?

– आधुनिक गीतहरुका दुई वटा एल्वम नूतन १ र नूतन २ सार्वजनिक गरिसकेकी छु । केहि समय पछि फेरि ल्याउने तयारी गर्दै छु ।

  •  जीवनमा सबैभन्दा दु:खको र खुसीको कुनै पल सम्झिनु पर्दा…

– सबै भन्दा दुख मेरो जन्मदाताको मृत्यु हुँदा लागेको थियो र खुसी भन्नु पर्दा मेरो पहीलोे गीती एल्बम नूतन बिमोचन गर्दा लागेको थियो । मेरो सपना धेरै वर्ष पछी पुरा गर्न सकेकोमा पुनर्जन्म भए जस्तै लाग्यो ।

  • जीवनमा विर्सन नहुने कुरा के हुन् जस्तो लाग्छ तपाईलाई ?

– मेरो विचारमा  नैतिकता र मानवता यी दुई चिज जीवनमा कहिल्यै भुल्नु हुँदैन ।

  •  अन्तमा तपाईका शुभचिन्तकहरूको लागि कुनै सन्देश छ ?

– नूतन लाई माया गरिदिनुस् । नूतन लाई सुनेर कमीकमजोरी औँल्याएर आगामी दिनमा नुतन भुसाल लाई अझ उत्कृष्ट शब्द लेख्नमा साथ दिनु होस् र नेपाली गीत संगीतलाई माया गरीदिनुस् । सुन्ने बानी बसाल्नुस् भन्न चाहान्छु । साथै हामी नेपालीको घर आँगनमा आईसकेको महानपर्व शुभ दिपावलीको हार्दिक शुभकामना ।

14522826_1360613583963791_5640610728006077204_n


सम्बन्धित शीर्षकहरु

खुल्ला पोस्ट

समाज सेविलाई सम्मान :

पुर्व उपप्रधानमन्त्री तथा गृह मन्त्री बामदेव गाैतम र पुर्ब उपराष्ट्रपति परमानन्द झा द्वारा सम्मान तथा मायाको

एउटा नयाँ अभियान, जसले देशको अखण्डता र स्वाभिमा बचाउन सक्छ …….”Call to Government of India”

नेपालको खस्कंदो राजनितिक अवस्था, राजनितिक दलहरुको मनपरि निर्णय, भ्रष्टाचारमा लिप्त सरकारका बिभिन्न पदाधिकारीहरु, कीं कर्तब्य बिमुढको