“स्वदेशमै राम्रो आम्दानी गर्न सकिन्छ”

साउन १९, २०७३

स्वदेशमै बसेर केही गर्न सकिन्छ भनेर लागि परेका एक युवा हुन् बिल बहादुर बि.क. । भक्तपुर सुडालमा जग्गा भाडामा लिई शिवशक्ती बालकुमारी पोल्ट्री फर्म सच्चालन गरेर विगत दुई वर्षदेखि कुखुरापालन व्यवसाय गर्दै आएका ३० वर्षीय बिल बहादुर बि.क. ले स्वदेशमै बसेर राम्रो आम्दानी गरिरहेका छन् । उहाँसँग हाम्रा सहकर्मी मोहन अभिलाषीले स्थलगत रुपमा गरेको कुराकानी :


यो कुन जातको कुखुरा हो ?

अहिले बजारमा चलेको कक फाईभ हन्ड्रेड नामको कुखुरा हो ।
यो कुखुरापालन व्यवसायमा लाग्न कसरी, कहाँबाट प्रेरणा पाउनुभयो ?
छोटो समयमा राम्रो आम्दानी हुने भएकाले पहिलेदेखि नै यो व्यवसायमा लाग्ने सोच बनाएको थिएँ । अरुले गरेको देखेर र यस व्यवसायमा लागेर केही फाईदा हुन्छ नै भनेर कुखुरापालन व्यवसाय सुरु गरेको हो ।
अहिले यहाँ कति कुखुरा पाल्नुभएको छ ?
यहाँ अहिले तीन हजार कुखुरा छन् ।
तपाईँले यो कुखुरापालन व्यवसाय गर्दा के–कस्ता समस्याहरु पाउनुभयो ?
अहिलेको अवस्थालाई हेर्ने हो भने त धेरै समस्याहरु छन् । एक त बजारभाउ नपाईरहेको अवस्था छ भने अर्कोतर्फ कुनै रोग देखिएला कि भन्ने डर । कहिले औषधीमा समस्या देखिन्छ । अहिले दानाको क्वालीटी पहिलेभन्दा घटेको पाईन्छ । त्यसले गर्दा नि अलिकति समस्या आएको छ ।
यसबाट तपाईँले औसत कतिदेखि कतिसम्म आम्दानी गरिरहनुभएको छ ?
दानापानी, औषधी, कामदार खर्च आदि सबै कटाएर औसत दुई लाखदेखि साँढे तीनलाखसम्म आम्दानी हुने गर्छ । बजारभाउ भएको बेलामा त राम्रै आम्दानी हुन्छ ।
कुखुरापालन व्यवसाय गर्दा के–कस्ता कुरामा विशेष ध्यान दिनुपर्छ ?
यो व्यवसाय गर्दा विशेष गरी सरसफाईमा नै ध्यान दिनुपर्छ । त्यसपछि दानापानीको सन्तुलन मिलाउनुपर्छ । के रोग लागेको छ त्यसमा अति नै ध्यान दिनुपर्छ । कुनै एउटालाई रोग लाग्नासाथ तत्काल अरुमा पनि फैलने हुँदा तुरुन्त सम्बन्धित डाक्टरलाई देखाउनुपर्छ । शुरुको चल्ला हुर्काउने बेलामा भने अत्यन्तै हेरविचार गर्नुपर्छ ।
अन्त्यमा, कुखुरापालन व्यवसायमा लाग्न ईच्छुक अरु कसैलाई के–के सल्लाह तथा सुझावहरु दिन चाहानुहुन्छ ?
कुखुरा पालन व्यवसायबाट अरुले राम्रो आम्दानी गरेको देखेर राम्रोसँग नबुझी यसमा लागेर कतिपयले उल्टो क्षती व्यहोर्नुपरेको पनि छ । यो व्यवसाय हचुवाको भरमा नगरी यस सम्बन्धी गहन अध्ययन गरेर लाग्नुपर्छ । कुखुराको बजारभाउ कस्तो छ, चल्लालाई कसरी सुरक्षित गर्ने, खोर व्यवस्थापन कसरी गर्ने, दानापानी, औषधीको सन्तुलन कसरी मिलाउने आदि सबै कुरामा राम्रो जानकारी लिएर मात्र यो व्यवसायमा लाग्न आग्रह गर्दछु ।

सम्बन्धित शीर्षकहरु

खुल्ला पोस्ट

समाज सेविलाई सम्मान :

पुर्व उपप्रधानमन्त्री तथा गृह मन्त्री बामदेव गाैतम र पुर्ब उपराष्ट्रपति परमानन्द झा द्वारा सम्मान तथा मायाको

एउटा नयाँ अभियान, जसले देशको अखण्डता र स्वाभिमा बचाउन सक्छ …….”Call to Government of India”

नेपालको खस्कंदो राजनितिक अवस्था, राजनितिक दलहरुको मनपरि निर्णय, भ्रष्टाचारमा लिप्त सरकारका बिभिन्न पदाधिकारीहरु, कीं कर्तब्य बिमुढको