संस्कृति जोगाऔँ

कार्तिक २३, २०७३

14212758_831423703660951_7456438447374914102_n

बहुभाषिक, बहुजातीय, बहुसंस्कृतिको खानी नेपाल प्रकृतिको सुन्दर अनुपम उपहार प्राप्त स्वर्गतुल्य देश हो । हाम्रो देश नेपालमा हिमालदेखि तराईसम्म र पूर्वदेखि सुदूरपश्चिमका ती कुनाकन्दरा तथा खोँचमा पहाडहरूमा मनकारी नेपाली जनहरूको आफ्नै बस्ती स्थिति र परिवेश समाजअनुसारका संस्कार र संस्कृति छन् ।

यिनै संस्कार संस्कृति हेर्न र प्रकृतिको सुन्दरतासँग रमाउन विश्वभरिका मानिसहरू नेपाल आउने गर्दछन् जसलाई हामी पर्यटक भनेर चिन्छौँ । सारा विश्वले नेपाललाई संस्कृतिको र प्रकृतिको खानी सम्झन्छ र भन्छ व्युुटिफुल नेपाल । विश्वकै ध्यान तान्न सक्ने हाम्रा सम्पत्ति सगरमाथा, लुम्बिनी, पशुपतिनाथ तथा अन्य सांस्कृतिक प्राकृतिक सम्पदा तथ छँदैछन् साथसाथै यहाँ बस्ने नेपाली समाजका आफ्ने मौलिक संस्कृति संस्कारले पनि विदेशीहरू लोभिने गर्दछन् ।

हो, जुन संस्कृतिले परम्पराले हामी विश्वमा चिनिएका छौँ, विश्वको ध्यान खिचेका छौैं । यिनै मौलिक सम्पत्ति विदेशी संस्कृतिको सिको गर्ने आधुनिक पुस्ताका कारणले संकटमा पर्दै गएका छन् । बेरोजगारीको समस्या, अर्काको सिको गर्ने बानी तथा संस्कृतिको उचित प्रचार प्रसार र युवापुस्तामा देखिएको उदासिनताको सिकार बनेको छ ।

हाम्रा संस्कृतिमा संरक्षणमा समयमै सबैको ध्यान जान नसके नेपाली मौलिक संस्कृति भन्ने चिज नेपालको लागि खोज्नुपर्ने स्थिति नआउला भन्न सकिन्न । आफ्नो संस्कृतिलाई माया गरेरै मातृभूमिप्रतिको सद्भाव देखाऔँ जय नेपाल ।


सम्बन्धित शीर्षकहरु

खुल्ला पोस्ट

समाज सेविलाई सम्मान :

पुर्व उपप्रधानमन्त्री तथा गृह मन्त्री बामदेव गाैतम र पुर्ब उपराष्ट्रपति परमानन्द झा द्वारा सम्मान तथा मायाको

एउटा नयाँ अभियान, जसले देशको अखण्डता र स्वाभिमा बचाउन सक्छ …….”Call to Government of India”

नेपालको खस्कंदो राजनितिक अवस्था, राजनितिक दलहरुको मनपरि निर्णय, भ्रष्टाचारमा लिप्त सरकारका बिभिन्न पदाधिकारीहरु, कीं कर्तब्य बिमुढको