सीमा क्षेत्रमा भारतीय नोट नसाटिँदा समस्या

कार्तिक २६, २०७३

bharu 500   बैतडी :  भारत सरकारले पाँचसय र एक हजारका भारतीय रुपैयाँका नोट नचल्ने निर्णय गरेपछि सुदूरपश्चिमका भारतसँग सीमा जोडिएका नागरिक समस्यामा परेका छन् । भारत सरकारको एक्कासि आएको निर्णयबाट यो क्षेत्रका व्यापारी एवम् सर्वसाधारण मारमा परेका हुन् ।

बैतडीको सीमा क्षेत्र झुलाघाटमा पनि व्यापारीले पाँचसय तथा हजार भारुका नोट साट्न नमानेको व्यापारी नारायणदत्त भट्टले जानकारी दिए । सीमा क्षेत्रसँग जोडिएका बजारमा पाँच सय र हजार भारुका नोट धेरै भएपनि ती नोट साट्न नेपाली नागरिकलाई समस्या भएको छ ।

भारत सरकारले बैंकमार्फत नोट साट्न सकिने जनाए पनि धेरैजसोको भारतीय बैंकमा खाता नहुँदा नोट साट्न समस्या भएको हो । व्यापारीले पनि नोट साट्नका लागि कमिसन माग्न थालेपछि नागरिक थप समस्यामा परेका छन् ।bharu 1000

यस्तै, तल्लोसोराडका गाविसमा अझै पनि भारतीय रुपैयाँको कारोबार हुने भएकाले त्यो क्षेत्रका नागरिकलाई झन् समस्या भएको कुलाउका तारा चन्दले बताए ।

साथै, भारतको दिल्लीमा रोजगारीपछि घर फर्केका श्रीकोटका प्रेम विष्ट पनि नोट नसाटिँदा समस्यामा परेका छन् । “पाँच सय र एक हजारका नोट मात्रै छन्”, उनले भने, “नोट नचल्ने खबरले समस्या भएको छ ।”

भारत सरकारको एक्कासि आएको निर्णयबाट सीमा क्षेत्रका नेपाली नागरिकलाई समस्या भएको छ । यद्यपि नेपाल सरकारले भने पाँचसय र एक हजारका भारतीय नोटहरु नचल्ने निर्णय गरेपछि नेपालमा रहेका नोटहरुको व्यवस्थापनका लागि कूटनीतिक पहल थालेको बताइएको छ ।


सम्बन्धित शीर्षकहरु

खुल्ला पोस्ट

समाज सेविलाई सम्मान :

पुर्व उपप्रधानमन्त्री तथा गृह मन्त्री बामदेव गाैतम र पुर्ब उपराष्ट्रपति परमानन्द झा द्वारा सम्मान तथा मायाको

एउटा नयाँ अभियान, जसले देशको अखण्डता र स्वाभिमा बचाउन सक्छ …….”Call to Government of India”

नेपालको खस्कंदो राजनितिक अवस्था, राजनितिक दलहरुको मनपरि निर्णय, भ्रष्टाचारमा लिप्त सरकारका बिभिन्न पदाधिकारीहरु, कीं कर्तब्य बिमुढको