गजल : बिर्सिएर

साउन १९, २०७३

SAMSUNG CAMERA PICTURES

खपत धेरै गर्नुहुन्न बचत बिर्सिएर !
बचत थोरै गर्नुपर्छ खपत बिर्सिएर !!

लगानी र लगनशीलता दुवै हुनैपर्छ,
श्रम गर्न छोड्नु हुन्न लागत बिर्सिएर !
नाफाघाटा चलिरन्छ हिसाब जिन्दगीको ,
नोक्सान मात्रै हेर्नु हुन्न उन्नत बिर्सिएर !
लिएपछि तिर्नुपर्छ चुक्ता जसको पनि !
लिलामीमा बिक्नु हुन्न इज्जत बिर्सिएर !
सुनका थैला हातका मैला सत्य यही हो,
सेवा गरे मेवा मिल्छ दौलत बिर्सिएर !
दिलले हुन्छ मान्छे ठूलो धनले हुँदैन,
ठग्छन् अझै कति यहाँ मद्दत बिर्सिएर !
– मोहन अभिलाषी !

सम्बन्धित शीर्षकहरु

खुल्ला पोस्ट

काठमाडौं : वरिष्ठ गायक राम कुमार साय्‌मिको जित:योम्ह मय्‌जुको मिखा छं ल्वाका नामक नेपालभाषाको गीतको आज

समाज सेविलाई सम्मान :

पुर्व उपप्रधानमन्त्री तथा गृह मन्त्री बामदेव गाैतम र पुर्ब उपराष्ट्रपति परमानन्द झा द्वारा सम्मान तथा मायाको