यसरी बचाउँनुस् जाडोमा ओठलाई

कार्तिक २६, २०७३

ओठको सुन्दरता कायम राख्न लिपिस्टिक लगाउँनुमात्र काफी हुँदैंन । नियमित रेखदेख र ओठको मेकअपको सही जानकारी पाउँनु उति नै आवश्यक हुन्छ । ओठको छालामा तैलीय ग्रन्थी हुँदैंन । यसकारण यसको उचित  रेखदेख नगर्दा ओठ सुक्ने र चिरिने सम्भावना हुन्छ । यसका लागि राती सुत्ने समयमा ओठमा ‘लिप बाम’ लगाउँनुपर्छ । भिटामिन बी, सी तथा इको कमीका कारण ओठ प्रभावित हुन्छ । यसकारण खानामा यी पोषक तत्व समावेश गर्नुपर्छ ।

otha

कागतीको रस, मह र ग्लिसिरिनलाई मिसाएर लगाउँनाले ओठको सुख्खापन हट्छ । हरियो धनियाको रसले ओठमा मसाज गर्नाले र राती सुत्ने बेला दूधको तर लगाउँनाले ओठ कोमल र सुन्दर हुन मद्दत गर्छ । चुकन्दरको रस पनि ओठका लागि फाइदाजनक हुन्छ । यसको नियमित सेवनले ओठ सुन्दर हुन मद्दत गर्छ । लिपिस्टिकको प्रयोग गर्दा ज्यादैं पूरानो प्रयोग गर्नुहुँदैंन । यसबाट ओठ कालो हुन सक्छ । लिपिस्टिक लगाउँदा ब्रस प्रयोग गर्नुपर्छ । लिपिस्टिक रिमुभरले ओठभित्र जमेको लिपिस्टिकलाई पनि सफा गर्छ, यसका कारण लिपिस्टिक रिमुभरको प्रयोग पनि जरुरी हुन्छ ।


सम्बन्धित शीर्षकहरु

खुल्ला पोस्ट

समाज सेविलाई सम्मान :

पुर्व उपप्रधानमन्त्री तथा गृह मन्त्री बामदेव गाैतम र पुर्ब उपराष्ट्रपति परमानन्द झा द्वारा सम्मान तथा मायाको

एउटा नयाँ अभियान, जसले देशको अखण्डता र स्वाभिमा बचाउन सक्छ …….”Call to Government of India”

नेपालको खस्कंदो राजनितिक अवस्था, राजनितिक दलहरुको मनपरि निर्णय, भ्रष्टाचारमा लिप्त सरकारका बिभिन्न पदाधिकारीहरु, कीं कर्तब्य बिमुढको