भारतीय नोट साट्न समस्या हुँदैन : अर्थमन्त्री

कार्तिक २७, २०७३

अर्थमन्त्री कृष्णबहादुर महराले नेपालमा रहेका भारतीय पाँच सय र एक हजार दरका नोट साट्न समस्या नहुने बताउनुभएको छ ।

Hand with Indian thousand rupee notes

प्रेस सेन्टरले दाङमा गरेको पत्रकार सम्मलेनमा उहाँले नेपाल राष्ट्र बैंक मार्फत यस विषयमा भारतसँग कुरा भइरहेको जानकारी दिँदै उहाँले पाँच सय र हजारका भारतीय नोट साट्न समस्या नहुने बताउनुभएको हो ।

नेपालमा बैंक तथा नागरिकसँग रहेका वैध पाँच सय र हजार दरका नोट साटिने अर्थमन्त्री महराले बताउनुभयो । अर्को प्रसंगमा अर्थमन्त्री महराले सरकारले पुरक बजेट ल्याउने नल्याउने अझै निश्चित नभएको बताउनुभयो ।

यो राजनीतिक विषय भएकाले सत्ता साझेदार र प्रतिपक्ष दलसँगको छलफलपछि सहमतिमा वर्तमान सरकारका प्राथमिकता समेट्ने गरेर पुरक बजेट ल्याउन पनि सकिने उहाँको भनाई छ ।


सम्बन्धित शीर्षकहरु

खुल्ला पोस्ट

ओमीक्रोनको कारण तोकिएको परिक्षाहरु स्थगित हुँदै शिक्षालयहरु पनि बन्द हुने क्रममा ……!

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले अहिले संचालन भइरहेका र हुने सबै तहका परीक्षाहरू स्थगित गरेको छ ।

काठमाडौं : वरिष्ठ गायक राम कुमार साय्‌मिको जित:योम्ह मय्‌जुको मिखा छं ल्वाका नामक नेपालभाषाको गीतको आज