नेपालीलाई प्रतिव्यक्ति २५ हजारसम्म भारु साट्न दिने भारतको संकेत

कार्तिक २८, २०७३

काठमाडौं : एकजना नेपालीले आफूसँग भएका हजार र ५ सय दरको बढीमा २५ हजार भारतीय रुपैयासम्म साटेर नेपाली रुपैयाँ लिन पाउने सम्भावना बढेको छ ।

ic-varu-indian-currency

भारतको केन्द्रीय बैंक रिजर्भ बैंक अफ इन्डियासो परिमाणको भारु सटहीका लागि सकारात्मक रहेको र त्यसैअनुसारको व्यवस्थापन मिलाउन भारतको वित्त मन्त्राललाई पत्राचार गरेको राजधानी दैनिकमा समाचार छ ।

नेपाल राष्ट्र बैंकले प्रतिव्यक्ति २५ हजार भारसम्म साट्न पाउने व्यवस्था मिलाइदिन आरबीआईलाई पत्राचार गरेको थियो । यस्तै राष्ट्रबैंकका अधिकारीले आइबीआईका टेलिफोन सम्पर्क गरेर पनि यस्तो व्यवस्थाका लागि आग्रह गरेका थिए ।

‘प्रतिव्यक्ति २५ हजार भारुसम्मका हजार र ५ सय दरका नोट साट्न पाउने व्यवस्था मिलाउन हामीले गरेको आग्रहलाई आरबीआइले सकारात्मक रुपमा लिएको छ, हामी सकारात्मक छौं भन्ने मौखिक जानकारी आएको र भारतको वित्त मन्त्रालयलाई हाम्रो पत्रसाथ सकारात्मक पहल गरिदिन आरबीआईले पत्राचार गरेकोले हामी धेरै आशावादी छौं’, विदेशी विनिमय विभागका प्रमुखसमेत रहेका कार्यकारी निर्देशक भीष्म ढुंगानाले भने ।


सम्बन्धित शीर्षकहरु

खुल्ला पोस्ट

समाज सेविलाई सम्मान :

पुर्व उपप्रधानमन्त्री तथा गृह मन्त्री बामदेव गाैतम र पुर्ब उपराष्ट्रपति परमानन्द झा द्वारा सम्मान तथा मायाको

एउटा नयाँ अभियान, जसले देशको अखण्डता र स्वाभिमा बचाउन सक्छ …….”Call to Government of India”

नेपालको खस्कंदो राजनितिक अवस्था, राजनितिक दलहरुको मनपरि निर्णय, भ्रष्टाचारमा लिप्त सरकारका बिभिन्न पदाधिकारीहरु, कीं कर्तब्य बिमुढको