यस्तो छ चिलाएको मेटाउने उपाय

कार्तिक २८, २०७३

कुनै फोहोर, एलर्जी वा अन्य कारणले शरीर चिलाउँदा छालामा हानी पुग्न सक्दछ । कतिपय अवस्थामा शरीरमा ससाना गिर्खा निस्कनु र त्यसमा कन्याउँदा रगत निस्कनेजस्ता समस्या पनि हुने गर्दछ । यसले छालालाई खतरनाक पनि बनाउन सक् छ। यो समस्याबाट तपाई पनि पीडित हुनुहुन्छ भने यस्ता छन् समस्या समाधानको घरेलु उपाय :

chilayako

१. नीमको पात पानीमा उमालेर त्यो पानीले नुहाउँदा शरीर र छालामा रहेका किटाणु समाप्त हुने गर्दछ । यसले चिलाउने समस्या पनि समाधान हुन्छ ।

२. लसुनका केही दाना तोरीको तेलमा हालेर तताउनुस् । जब दाता पूर्णरुपमा जल्छ तब उक्त तेललाई छानेर पुरै शरीरमा मालिस गर्दा पनि चिलाउने समस्या समाधान हुन्छ ।

३. तील र तोरीको तेललाई तताएर चिसो बनाउनुस्, चिसो भएको तेलले मालिस गर्दा छालामा रहेको विकार हटाउँछ । यसले चिलाउने समस्याबाट मुक्ति पाउन सकिन्छ ।

४. तीन ग्राम जिरा र १५ ग्राम सिन्दुर मिलाउनुस्, तोरीको तेलमा पकाउनुस् । यसरी तयार एको लेप चिलाएको स्थानमा लगाउनुस् । यो लेपको प्रयोगबाट पनि शरीर चिलाउने समस्याबाट मुक्ति प्राप्त हुन्छ ।


सम्बन्धित शीर्षकहरु

खुल्ला पोस्ट

ओमीक्रोनको कारण तोकिएको परिक्षाहरु स्थगित हुँदै शिक्षालयहरु पनि बन्द हुने क्रममा ……!

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले अहिले संचालन भइरहेका र हुने सबै तहका परीक्षाहरू स्थगित गरेको छ ।

काठमाडौं : वरिष्ठ गायक राम कुमार साय्‌मिको जित:योम्ह मय्‌जुको मिखा छं ल्वाका नामक नेपालभाषाको गीतको आज