गायिका तथा वेली डान्सर कमला सापकोटाको “डार्लिङ” सार्वजनिक

कार्तिक २८, २०७३

गायिका तथा नेपालकी वेली डान्सर कमला सापकोटाको नयाँ गीत डार्लिङ सार्वजनिक भएको छ । गीतको शनिबार एक कार्यक्रमका बीच गायिका जुना प्रसार्इ र प्राश्ना शाक्यले संयुक्त रूपमा सार्वजनिक गरे ।

Image title

यसअघि छम्मा छम्मा बोलको गीतसहित वेली डान्सबाट चर्चामा आएकी सापकोटाले डार्लिङ सार्वजनिक गरेकी हुन् । गीतको शब्द तथा संगीत पनि गायिका सापकोटाको नै रहेको छ । गीतको संगीत संयोजन बिकास भूजेलले गरेका हुन् भने गीतको म्यूजिक भिडियोमा कमलासँगै मोडल पवन पाठकले कम्मर मर्काएका छन् । त्यस्तै गीतमा विज्ञान तथा दीप्सनको समेत अभिनय रहेको छ।

Image title

गीतको म्यूजिक भिडियोको निर्देशन पासाङ योञ्जन लामाले गरेका छन् भने छायांकन ज्ञानेन्द्र शर्मा र सम्पादन प्रविन श्रेष्ठले गरेका छन् । गीतलार्इ म्यूजिक जोयले बजारमा ल्याएको हो ।


सम्बन्धित शीर्षकहरु

खुल्ला पोस्ट

ओमीक्रोनको कारण तोकिएको परिक्षाहरु स्थगित हुँदै शिक्षालयहरु पनि बन्द हुने क्रममा ……!

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले अहिले संचालन भइरहेका र हुने सबै तहका परीक्षाहरू स्थगित गरेको छ ।

काठमाडौं : वरिष्ठ गायक राम कुमार साय्‌मिको जित:योम्ह मय्‌जुको मिखा छं ल्वाका नामक नेपालभाषाको गीतको आज