अहिले चर्चित कलाकार बन्न कला गला चाहिँदैन पैसा र जवानी भए पुग्छ

कार्तिक २८, २०७३

वि.सं. २०१७ साल श्रावण २१ गते ललितपुर जिल्लाको लेले गा.वि.स. ७ हालको वज्रबराही नगरपालिका वडा नं. १६ मा आमा मनकुमारी र बुबा भैरवबहादुरको कोखबाट जन्म लिएका एक कर्मठ, संस्कृतिप्रेमी र लगनशील व्यतिmको नाम हो मिहाराम केसी । राजधानी सँगैको जिल्लामा भए पनि एउटा सामान्य र निम्न स्तरको परिवारमा जन्मिएर सानैदेखि संघर्षशील रहँदै शान्ति, परिवर्तन, न्याय र स्वतन्त्रताको पक्षमा गीत लेख्ने, संकलन गर्ने र गाउने केसीले वनपाखा, खेती किसानी, मजदुरी जस्ता विभिन्न पेसा र सरकारी सेवा नेपाली सेनाको समेत अनुभव बटुल्नु भएका र समाजसेवामा लामो समय बिबताइसकेका छन् । ०५१ सालमा रेडियो नेपालबाट स्वर परीक्षा पास गरी सांगीतिक क्षेत्रमा औपचारिक रुपमा उनी प्रबेश गरेका हुन् । सांगीतिक तथा संस्कृतिक उत्थानमा अहिले पनि सक्रिय उनी हाल लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल ललितपु्र शाखाका अभ्यक्षसमेत छन् । उनै स्रष्टा सर्जक एवम समाजसेवी मिठाराम केसीसँग  सन्तोष दाहालले लिनुभएकोे अन्तर्वार्ता ।   14457419_1583275375309578_7610058123747944877_n

०अहिले के गर्दै हुनुहुन्छ ?
अहिले केही नयाँ गीतका लागि शब्द तथा भाकाहरु संकलन गर्ने, ट्युनिङ गर्ने, रेकर्डिङ गर्ने र रेकर्डिङको तयारीमा रहेका केही गीतहरु छन् तीनको व्यवस्थापनमा समय दिइरहेको छु ।
०सांगीतिक क्षेत्रमा कहिलेदेखि प्रवेश गर्नुभयो ?
गीत संगीतलाई त्यति नबुझी रमाईलोका लागि सानैदेखि, अल्ली बुझेर ०३५।३६ सालदेखि र औपचारिक रुपमा २०५१ सालमा रेडियो नेपालबाट स्वरपरीक्षा पास गरेपछि ।

० अहिलेसम्म कस्ता र कतिवटा गीत गाउनुभयो ?
समाजको रहन–सहन, उमेर, चेतना, आफ्नो, अरुको, समय अनि आवश्यकता अनुसार घाँस, दाउरा, मेलापात, चाडपर्व, विवाह, ब्रतबन्ध, जात्रा तथा धार्मिक कार्यहरुमा कुनै बेला रातदिन २५–३० घण्टा सम्म पनि जुहारी (दोहोरी) खेलिन्थ्यो । रेडियो नेपालमा प्रवेश गरेपछि चौतारी, फूलबारी, राष्ट्रव्यापी लोकगीत सम्मेलन, प्रतियोगिता लगायतका विभिन्न कार्यक्रमहरुमा सहभागी भई गाउने क्रममा आजसम्म कति वटा गाइयो लेखाजोखा त छैन । संख्यात्मक भन्दा गुणात्मकतिर ध्यान दिने बानी परेकाले सङ्कलित÷रचित गीतहरु थुप्रै छन्, प्रकाशित एल्वमहरुमा दोहोरी, देउसी भैलो गीत, जागरण तथा शन्देशमूलक गीतहरु केही रेकर्ड तथा प्रकाशित छन् । काँठक्षेत्रमा जन्मेको भएर काँठेभाका, घासे– बाह्रमासे, ठाडो भाका वा असारे (धेर नाम, भाका तर, एकै प्रकारका) गीतहरु धेरै गाइन्थ्यो । संख्यामा धेरै देखाएर यतिवटा गीत गाएँ भन्दा वा भन्न मलाईमन लाग्दैन । तपाईंले सोधीहाल्नुभयो कस्ता गीत गाउनुभयो भनेर हो, यहीँनेर मैले आजसम्म जति गीतहरु गाएँ, रेकर्ड गरेँ मेरो देश, माटो कला सँस्कृतिमा मौलिकता, समय, जनता र समाजकै लागि, परिवर्तनका निम्ति, शोषण, उत्पीडन, अन्याय, अत्याचार विरुद्ध न्याय र समानताका लागि गाएँ, लेखेको छु, गाउने छु फेरिी पनि लेख्नेछु समृद्धिका लागि समसामयीक घटना परिघटना, चोखो मायाँप्रिति, चेतना र सन्देशमुलक सामग्रीहरु मार्फत अघि बढ्ने नै छु ।

० तपाइँ यस क्ष्ोत्रमा प्रवेश गर्दाको समय र अहिलेको समयमा के फरक देख्नुहुन्छ ?
त्यतिबेला कलाकारहरु सीमित संख्यामा थिए तर, अनुशासित, संयम, मिलनसार, धैर्यवान र गुणस्तरीय थिए । अरुको खुट्टा तान्ने, होच्याउने, मै हुँ भन्ने प्रवृत्ति एकाधमा बाहेक धेरैमा थिएन, अहिले त्यसको ठ्याक्कै उल्टो छ । त्यसबेला गाउँने, बजाउने, रेकर्डिङ वा प्रसारण जे भने पनि एउटै माध्यम थियो रेडियो नेपाल । अल्लि पछि म्युजिक नेपालको स्थापना भयो तर, त्यहाँ सबैको पहुँच पुग्दैनथ्यो । अहिले जस्तो आधुनिक डिजिटल स्टुडियो, संगीत कम्पनीहरु थिएनन् । वर्षौँ संघर्ष गरेर स्वर परीक्षा पास ग¥यो, गीत गाउने पालो (डेट) पाइँदैनथ्यो । रेडियो कलाकारले छ महिनामा एउटा गीत रेर्कड गर्न पाउने नीति त थियो तर व्यवहारमा थिएन । ट्राक शिष्टम थिएन बाजामा प्रत्यक्ष गाउनु पथ्र्यो ५।१० मिनेटको अभ्यासमा पुरै गीत रेकर्ड गर्नु पर्ने, बाजाहरुसँग तालमेल मिलेन स्वरमा सुर लागेन वा जसले बिगारे पनि पुनः सुरुदेखिनै गाउनु पर्ने, समय सकियो भने अर्को छ महिनाको लागि गयो चान्स । अहिले त लेख्नेले संगीत भर्नेलाई देख्दैन गाउनेले बाजा बजाउनेलाई, एउटा बाजा बजाउनेले अर्को बाजा बजाउनेलाई देख्दैन अझै दोहोरी भनेको त दुई छुट्टाछुट्टै व्यक्ति, वा समूहबीच गाइने सवाल जवाफ हो नि तर, केटा गायक र केटी गायिका एकले अर्कोलाई देखिँदैन मैले गाएको दोहोरीको जोडी को हो अन्यौल हुन्छ । स्वरमा सुर लागे लाग्छ ताल मिले मिल्छ नमिले कम्प्युटरले मिलाउँछ, एउटाको नाममा अर्कैको स्वर पनि हुन्छ । अनि हुँदैनन् कलाकार धेरै, चर्चित र वरिष्ठ ? अहिले चर्चित कलाकार बन्न कला र गला चाहिँदैन पैसा भए पुग्छ । साथमा रुप जीउडाल अनि ठाउँमा मान्छे आफ्नो । अनि छैन त पहिले र अहिलेमा फरक ?

० पछिल्लो समय नेपाली लोकगीत संगीत क्षेत्रमा धेरै विकृति आयो भनिन्छ, यसमा तपाइँको धारणा के छ ?
लोक संगीतमा विकृति भित्रिएको मात्रै होइन झाँगिदै र गाँजिदैछ । यसैगरी छाडा हुन दिने हो भने, नग्नता र उच्छृङ्खलता माथि अंकुश नलगाउने हो भने हाम्रो मौीलक कला संस्कृति, संस्कार एवम् इतिहास दिनानुदिन क्षयीकरणको अवस्थाबाट समाप्तितर्फ जाने छ र लोक संस्कृतिलाई माँया गर्ने तमाम नेपालीको इज्जत, इमान र प्रतिष्ठामाथि कालो धब्बा लाग्ने छ । र हामी संस्कृति विनाको कोरा मान्छेको रुपमा मात्र रहने छौँ ।

० विकृतिको न्यूनीकरणका लागि कसकसले के क गर्नुपर्ला ?
सबैभन्दा पहिला आफूलाई लोक कलाकार हुँ भन्न रुचाउनेहरुले कलाकार होइन इमान्दार, इज्जतदार र नेपाली कलाकार बन्ने प्रण गर्नुप¥यो । लोक गीत अर्थात लोक दोहोरी भनेको के हो, कस्तालाई लोकगीत भनिन्छ भन्ने कुरा बुझ्नुप¥यो । दोस्रो कुरा राज्यसत्ता सञ्चालन गर्नेहरु नेपाली माटो, मौलिकता, कला, संस्कृति र सभ्यताको बारेमा यथेष्ट ज्ञान भएको हुनुपर्छ । संस्कृति माथिको बिकृति विसंगति अन्त्यका लागि नीति नियम कडाईका साथ लागु गर्नु प¥यो । साथै राज्यस्तरमा एक अधिकार सम्पन्न आयोग वा सेन्सर बोर्ड गठन गर्नु पर्छ । तेस्रो कुरा माफिया, दलाल र कालाबजारियाहरुको पैसाले समय खरिद गरि सञ्चार माध्यममा कार्यक्रम चलाउनेहरु यस्तै विकृत गीत तथा दृष्यहरुको खोजीमा हुन्छन्, जसबाट मनग्य पैसा असुल्न सकिन्छ । त्यस्तालाई अविलम्ब रोक लगाइनु पर्छ, यसको लागि पनि राज्यले नै नीति बनाउनुपर्छ । चौथो लोक संगीतका पारखी श्रोता– दर्शकहरु सजग हुनुप¥यो, नेपाली मौलिकता बोकेको, सबै परिवार र आफन्तहरु सँगै बसेर सुन्न हेर्न सकिने गीत तथा भिडिओहरुमात्र सुन्ने हेर्ने र बिकृत गीत र भिडियो विरुद्ध आवाज उठाउने आँट गर्नुप¥यो, बहिष्कार गर्नुप¥यो ।
० साँगितिक क्षेत्रमा आउन चाहनेहरुलाई केहि भन्नुहुन्छ ?
पहिला आफू नेपाली भएको ठहर गर्नुहोस् (आफ्नै आत्माले) र नेपाली मौलिक कला संस्कृति जोगाउने जिम्मेवारी मेरो पनि हो भन्ने प्रण गर्नुहोस् । दोस्रो म एक सामाजिक प्राणी हुँ, मैले समाजमा नै बाँच्दै केही गर्दै मर्नुपर्छ भन्ने कुरा सम्झनुस् । तेस्रो म एउटा बामे सर्दै गरेको कलाकार हुँ, म बसेको घर, टोल, गाउँ, शहर, देश वा विदेशमा मेरा थुपै्र आफन्त, सुभेक्षुक, शुभ चिन्तकहरु छन्, ती सबैले मलाई सुनिरहेका र हेरिरहेका हुन्छन् भन्ने ख्याल गर्नुपर्छ । चौथो कलाकारले पनि आफू बाँच्नु छ र अरुलाई पनि बचाउनुछ, त्यसका लागि माथिका सबै सत्यहरु आत्मसात गर्दै स्व्च्छतापूवर्ण प्रतिस्पर्धा मार्फत अघि बढ्नेछु, जसबाट म मेरो समाज, मेरो परिवार, मेरो देश, मेरो कला, सँस्कृति र मेरो स्वाभिमान मर्ने छैनन् सबै बाँचिरहने छन् भन्ने प्रतिवद्धता गरेर मात्र प्रवेश गर्नुस् ।

साभार : छलफल साप्ताहिकका


सम्बन्धित शीर्षकहरु

खुल्ला पोस्ट

समाज सेविलाई सम्मान :

पुर्व उपप्रधानमन्त्री तथा गृह मन्त्री बामदेव गाैतम र पुर्ब उपराष्ट्रपति परमानन्द झा द्वारा सम्मान तथा मायाको

एउटा नयाँ अभियान, जसले देशको अखण्डता र स्वाभिमा बचाउन सक्छ …….”Call to Government of India”

नेपालको खस्कंदो राजनितिक अवस्था, राजनितिक दलहरुको मनपरि निर्णय, भ्रष्टाचारमा लिप्त सरकारका बिभिन्न पदाधिकारीहरु, कीं कर्तब्य बिमुढको