यी चिजहरु हेर्दा गर्बको बच्चा पनि स्वस्थ हुन्छ

कार्तिक २९, २०७३

एजेन्सी : हाम्रो अगाडि महाभारतभन्दा अर्को दोस्रो उदाहरण हुन सक्दैन । हो, अभिमन्युले आमा सुभद्राको गर्भबाटै धेरै कुरामा निपुणता हाँसिल गरेका थिए । यस बारे थाहा नहुने सायदै कोही होला । वास्तवमा, गर्भवती महिलाको स्वास्थ्यदेखि निकै स–साना कुराहरुको ख्याल राख्नुपर्छ जसको असर गर्भमा रहेको बच्चामा समेत पर्ने गर्दछ । गर्भवती हुँदा आमाले जुन वातावरण पाउँछिन् बच्चा पनि त्यस्तै हुन्छ । यस्तो अवस्थामा हामीले वास्तु शास्त्रलाई अनुसरण गर्ने प्रयास गर्नुपर्ने हुन्छ । वास्तुशास्त्रको अनुसार यदि केही विशेष कुरा गर्भवती महिलाको कोठामा राखे महिला र बच्चा दुबै स्वस्थ रहनुका साथै जन्मिने बच्चा निकै गुणी र प्रतिभावान् हुनेछ ।

१. मयुरको प्वांखः

mahyur
मयुरको प्वांख भगवान् कृष्णसँग सम्बन्धित छ । यस्तो अवस्थामा घरको मन्दिर वा गर्भवती महिलाको कोठामा मयुरको प्वांख राखिनु निकै शुभ मानिन्छ । मयुरको प्वांख देख्नु आमा र बच्चा दुबैको लागि निकै शुभ मानिन्छ ।

२. पहेंलो चामलः

diyo
पहेंलो चामल शुभ र सफलताको प्रतिक मानिन्छ । चामल लक्ष्मी भगवानका लागि अतिप्रिय हो र पहेंलो रंग भगवान विष्णुलाई निकै मनपर्छ । यस्तो अवस्थामा गर्भवती महिलाको कोठामा पहेंलो चामल राख्दा आमा र बच्चामाथि कुनै पनि प्रकारको नकारात्मक ऊर्जाको असर पर्दैन । आमा र बच्चामाथि भगवान् विष्णु र लक्ष्मी भगवानको आशिर्वाद सदैव रहिरहन्छ ।

३. कृष्ण र आमा यशोदाको तस्बिरः

krishna
आफ्नो जन्मिने बच्चा भगवान् कृष्णजस्तो गुणकारी र प्रतिभावान् होस् भन्ने चाहना सबैको हुन्छ । यस्तो अवस्थामा गर्भवती महिलाको कोठामा भगवान् कृष्ण र यशोदाको तस्बिर राख्दा राम्रो मानिन्छ । बिहान उठ्ने बित्तिकै देखिने ठाउँमा यो तस्बिर राखिनुपर्छ ।

४. गुलाबी रंगः

aruko-ful
गुलाबी रंगलाई खुसी र आनन्दको प्रतिक मानिन्छ त्यसकारण जुन कोठामा गर्भवती महिला सुत्छिन् त्यहाँ धेरैभन्दा धेरै गुलाबी रंगको प्रयोग गरिए, त्यो शुभ मानिन्छ । यदि झ्याल–ढोका गुलाबी छैन भने पनि गुलाबी रंगको कुनै तस्बिर वा यो रङको शो–पिस राखिन सकिन्छ ।

५. वास्तुदेवको तस्बिरः

hanuman
थुप्रै पटक कोठाको वास्तुमा गडबडी आउने गर्दछ जुन हामीलाई थाहा हुँदैन । र यसको असर आमा र बच्चा दुबैमा पर्छ । त्यसकारण वास्तुदोषलाई हटाउनका लागि कोठामा वास्तु देवको मूर्ती वा तस्बिर राखेमा राम्रो मानिन्छ । यसले आमा–बच्चामा आइपर्ने समस्याबाट जोगाउँछ ।

६. हाँसिरहेको, खुसी भएको बच्चाको तस्बिरः

lettele-baby
कोठामा हाँसिरहेको र खुसी भएको बच्चाको तस्बिर टाँस्दा जन्मिने बच्चा हँसिलो र शान्त हुने कुरा धेरै मानिसलाई थाहा होला ।यो तस्बिर उत्तरपट्टीको भित्तामा राख्दा शुभ मानिन्छ ।

७. तामाको केही वस्तु:

nepali-god
तामा नराम्रो नजरबाट बचाउनमा निकै प्रभावकारी मानिन्छ । यति मात्र होइन, यसले नकारात्मकता हटाउन पनि सहयोग गर्दछ । यस्तो अवस्थामा तामाबाट बनेको केही वस्तु कोठामा पक्कै पनि राख्नुहोस् ।

८. राम्रो स्वास्थ्यका लागि सेतो रङः

white
सेतो रङ शान्ति र राम्रो स्वास्थ्यको प्रतिक मानिन्छ । यो रंगको कुनै तस्बिर र शो पिस कोठामा राख्दा आमा र बच्चाको स्वास्थ्य निकै राम्रो हुन्छ ।


सम्बन्धित शीर्षकहरु

खुल्ला पोस्ट

समाज सेविलाई सम्मान :

पुर्व उपप्रधानमन्त्री तथा गृह मन्त्री बामदेव गाैतम र पुर्ब उपराष्ट्रपति परमानन्द झा द्वारा सम्मान तथा मायाको

एउटा नयाँ अभियान, जसले देशको अखण्डता र स्वाभिमा बचाउन सक्छ …….”Call to Government of India”

नेपालको खस्कंदो राजनितिक अवस्था, राजनितिक दलहरुको मनपरि निर्णय, भ्रष्टाचारमा लिप्त सरकारका बिभिन्न पदाधिकारीहरु, कीं कर्तब्य बिमुढको