यी युवतीले अहिलेसम्म पनि डाइपर लगाउँछिन्, यस्तो छ कारण

कार्तिक ३०, २०७३

साना बच्चाबच्चीहरुले प्रायः डाइपर लगाएको देख्नुभएकै छ । तर कोही तन्नेरीले डाइपर लगाएको देख्नुभएको छ ? तन्नेरी मानिसले बच्चाले झै दिसापिसाब सँगाल्ने डाइपर लगाउने भन्ने कुरा नसुहाउँदो लाग्नसक्छ । तर एकजना २१ वर्षे युवतीले भने घरबाट निस्किँदा सधै डाइपर लगाउँछिन् ।

Adult-Baby

अमेरिकाको फ्लोरिडामा बस्ने २१ वर्षकी जेस नामकी युवती अनौठो बानी व्यहोराकी छिन् । उमेर बढेपछि उनलाई बाल्यवस्थाको आनीबानीले छाडेको छैन । उनी अहिले पनि बच्चाजस्तै गर्न मन पराउँछिन्, कोक्रोमा सुत्न चाहन्छिन् र पिसाब पनि डाइपरमै गर्दछिन् ।

डेलीमेलका अनुसार उनी सानो बच्चाको जस्तै जीवन जिउन चाहन्छिन् । उनको यस्तो चाहना यसकारण जागृत भएको हो की उनले आफ्नो बाल्यकाल राम्रोसँग बिताउन पाइनन् । यसको पछाडि निकै दुखलाग्दो कारण छ ।

२ वर्षको उमेरमै उनीमाथि यौनशोषण भएको रहेछ । जसका कारण उनको जीवन दुखदायी बन्यो । बाल्यकालको त्यो दुर्घटनाले उनी आतंकित बनिन् । मानसिक रुपमा पनि विक्षिप्त बनिन् । जसका कारण उनलाई यस्तो अनौठो लत लाग्यो ।

तर अब भने उनी त्यो दुर्घटनालाई बिर्सेर नयाँ जीवन जिउन चाहन्छिन् । त्यसमा उनका ब्वाइफ्रेण्डले पनि साथ दिइरहेका छन् ।


सम्बन्धित शीर्षकहरु

खुल्ला पोस्ट

समाज सेविलाई सम्मान :

पुर्व उपप्रधानमन्त्री तथा गृह मन्त्री बामदेव गाैतम र पुर्ब उपराष्ट्रपति परमानन्द झा द्वारा सम्मान तथा मायाको

एउटा नयाँ अभियान, जसले देशको अखण्डता र स्वाभिमा बचाउन सक्छ …….”Call to Government of India”

नेपालको खस्कंदो राजनितिक अवस्था, राजनितिक दलहरुको मनपरि निर्णय, भ्रष्टाचारमा लिप्त सरकारका बिभिन्न पदाधिकारीहरु, कीं कर्तब्य बिमुढको