सुलक्षण कीर्ति क्याम्पसको औपचारिक उदघाटन सम्पन्न…..
चैत ६ काठमाडौं । ‘अहिलेको आवश्यकताः दिगो शान्ति, सुशासन, सुख र समृद्धिका लागि बौद्ध ज्ञान विज्ञानमा
काठमाडौं : एभरेष्ट बैंक सञ्चालक समितिले आफ्ना सेेयरधनीलाई चुक्ता पुँजीको ७० प्रतिशत बोनस सेयर दिन प्रस्ताव गरेको छ ।
चुक्ता पुँजी बढाउने दबावमा रहेको बैंकको बुधबार बसेको सञ्चालक समितिको बैठकले गत बर्षको नाफाबाट सो लाभांश प्रस्ताव गरेको हो ।
बैंक सञ्चालक समितिले प्रस्ताव गरेको बोनस सेयर नियामक नेपाल राष्ट्र बैंक र बैंककै साधारणसभाले पारित गर्न भने बाँकी छ ।
प्रस्ताव पारित भएपछि बैंकको चुक्ता पुँजी ४ अर्ब ६६ करोड लाख रुपैयाँ पुग्नेछ । हाल बैंकको चुक्ता पुँजी २ अर्ब ७४ करोड रुपैयाँ छ । बैंकको रिजर्भमा ६ अर्ब ३८ करोड रुपैयाँ छ ।
गत वर्ष एभरेष्ट बैंकले १ अर्ब ७३ करोड रुपैयाँ नफा कमाएको थियो भने चालु वर्षको पहिलो ३ महिनामा ५१ करोड ३४ लाख रुपैयाँ नाफा कमाएको छ ।
बोनस सेयर वितरण भएपछि कायम हुने चुक्ता पुँजीमा बैंकले ३ सेयर बराबर १ सेयर अर्थात् ३३.३३ प्रतिशत हकप्रद सेयर दिने छ । हकप्रद सेयर निष्काशनपछि बैंकको चुक्ता पुँजी ६ अर्ब २० करोड रुपैयाँ पुग्नेछ ।
आगामी चालू आर्थिक वर्षमा कमाएको नाफाबाट बैंकले बोनस सेयर जारी गरेर र फरदर पब्लिक अफरिङ (एफपीओ) जारी गरेर चुक्ता पुँजी ८ अर्ब रुपैयाँ पुर्याउने जनाएको छ ।
गत आर्थिक वर्षको मौदि्रक नीतिमा राष्ट्र बैंकले ०७४ असार मसान्तसम्ममा वाणिज्य बैंकहरुको न्यूनतम चुक्ता पुँजी ८ अर्ब रुपैयाँ हुनुपर्ने व्यवस्था गरेको थियो । जसअनुसार राष्ट्र बैंकले तोकेको चुक्ता पुँजी बढाउन एभरेष्ट बैंकले ७० प्रतिशत बोनस सेयरको घोषणा गरेको हो ।
चुक्ता पुँजी कम भएकाले अधिकतम बोनस सेयर दिने आशामा एभरेष्ट बैंकको सेयरमा लगानीकर्ताहरुको आकर्षण बढेको थियो ।
लगानीकर्ताको आकर्षण बढेपछि बैंकको सेयरमूल्य पनि बढेको थियो । बुधबार बैंकको एककित्ता सेयर ३ हजार ७ सय ९५ रुपैयाँमा कारोबार भएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ ।
चैत ६ काठमाडौं । ‘अहिलेको आवश्यकताः दिगो शान्ति, सुशासन, सुख र समृद्धिका लागि बौद्ध ज्ञान विज्ञानमा
यो नारी दिवस हटाइयोस … ….. साच्चै नै यो नारी दिवश हटाउनै पर्छ …किनकी … तमाम
नेकपा एमाले कर्णाली प्रदेश सम्पर्क कमिटी अन्तर्गत विभिन्न जिल्लाहरुमा जिल्ला सम्पर्क मञ्चका अधिवेशनहरु आज सम्पन्न भएका