सुलक्षण कीर्ति क्याम्पसको औपचारिक उदघाटन सम्पन्न…..
चैत ६ काठमाडौं । ‘अहिलेको आवश्यकताः दिगो शान्ति, सुशासन, सुख र समृद्धिका लागि बौद्ध ज्ञान विज्ञानमा
चिसो मौसममा ब्याक्टेरिया र भाइरस निकै तिब्र रुपमा फैलने गर्दछ । जसका कारण रुघा खोकीजस्ता स्वास्थ्यजन्य समस्या धेरैलाई हुनसक्छ । तर हामी हाम्रो किचनमा पाइने यी कुराहरुले रुघा खोकीबाट निकै चाँडै राहत पाउन सक्छौं ।
तुलसीः
एक कप तातो पानीमा ५–७ वटा तुलसीको पात उमाल्नुहोस् । यसलाई चिसो गरेर दिनमा २–३ पटक पिउनुहोस् ।
मेथीको दानाः
मेथीको दानालाई पानीमा उमालेर दिनमा २ पटक पिउनुहोस् । यसले निकै फाइदा पुर्याउँछ ।
कालो मरिचः
एक चम्चा महमा एक चिम्टी कालो मरिच पाउडर हालेर चाट्नुहोस् । दिनमा दुई पटक यसरी मह सेवन गर्दा खोकी चट् हुन्छ ।
अदुवाः
एक चम्चा अदुवाको पाउडरमा एक कप पानीमा हालेर उमाल्नुहोस् र पिउनुहोस् । यसले संक्रमण र भाइरसलाई बचाउँछ ।
बेसारः
बिहान बेलुकका बेसारको धुलो दूधमा हालेर पिउनुहोस् । यसले ब्याक्टेरिया र भाइरसबाट राहत दिलाउँछ ।
अंगुरः
आधा कप अंगुरको जुसमा आधा चम्चा पानी मिसाएर बिहान बेलुका पिउनुहोस् । राहत पाउनुहुनेछ ।
मह, अदुवा र कागती पानीः
एक चम्चा मह र आधा चम्चा अदुवाको पाउडरलाई एक कप मनतातो कागती पानीमा मिसाएर पिउनेछ । यसले खोकीलाई निकै फाइदा पुर्याउँछ ।
किसमिस र अदुवाः
आधा मुट्ठी किसमिसलाई एक चम्चा अदुवाको पाउडरमा उमालेर पिउनुहोस् । आराम पाउनुहुनेछ ।
कागती पानी र किसमिसः
एक मुट्ठी किशमिशलाई पानीमा उमाल्नुहोस् । यसमा आधा चम्चा कागती पानी हालेर दिनमा दुई पटक पिउनुहोस् ।
चैत ६ काठमाडौं । ‘अहिलेको आवश्यकताः दिगो शान्ति, सुशासन, सुख र समृद्धिका लागि बौद्ध ज्ञान विज्ञानमा
यो नारी दिवस हटाइयोस … ….. साच्चै नै यो नारी दिवश हटाउनै पर्छ …किनकी … तमाम
नेकपा एमाले कर्णाली प्रदेश सम्पर्क कमिटी अन्तर्गत विभिन्न जिल्लाहरुमा जिल्ला सम्पर्क मञ्चका अधिवेशनहरु आज सम्पन्न भएका