गीतकार दिलिप योञ्जनको एकल एल्वम “अजम्बरी” सार्वजनिक

मंसिर ४, २०७३

काठमाडौँ : गीतकार दिलिप योञ्जन तामाङ्को एकल एल्वम अजम्बरी सार्वजनिक भएको छ । अमेरिकामा रहेका गीतकार योञ्जनको एल्वम म्यूजिक जोय मिडियाले बजारमा ल्याएको हो । एल्वमको शुक्रबार वरिष्ठ गीतकार कृष्णहरी बराल, विपिन किरन, संगीतकार लक्ष्मण शेष र गीतकार योञ्जनका दाजु अमृत योञ्जनले संयुक्त रुपमा विमोचन गरेका हुन् ।

ajambari_album_lunching_dilip_yonjan

६ वटा गीत समावेश एल्वममा गाजलु ती नयनभित्र वोलको गीतलाई प्रमोद खरेलले आवाज दिएका छन् भने आशिष अविरलले संगीत दिएका छन् । त्यस्तै तिमी भन्थ्यौँ हाम्रो माया वोलको गीतमा अञ्जु पन्तको श्वर र संगीत आशिष अविरलकै रहेको छ ।

ajambari_album_lunching_dilip_yonjan1

सुरेश अधिकारीको संगीमा बानिका प्रधानले फूल सरी फुलुँ भन्थे वोलको गीत गाएकी छन् भने अकिारीकै संगीतमा राजेश पायल राईले न बोले नी हाँसी देउ न बोलको गीत गाएका छन् । लुटेर कहाँ लुटिन्छ भाग्य वोलको गीतलाई निकिता थापाले श्वर दिएकी छन् भने संगीत महेश खड्काले दिएका छन् । उनकै संगीतमा रहेको अर्को गीत कहाँ फूल्छ र फूल बोलको गीतलाई हिमाल सागरले गाएका छन् ।


सम्बन्धित शीर्षकहरु

खुल्ला पोस्ट

समाज सेविलाई सम्मान :

पुर्व उपप्रधानमन्त्री तथा गृह मन्त्री बामदेव गाैतम र पुर्ब उपराष्ट्रपति परमानन्द झा द्वारा सम्मान तथा मायाको

एउटा नयाँ अभियान, जसले देशको अखण्डता र स्वाभिमा बचाउन सक्छ …….”Call to Government of India”

नेपालको खस्कंदो राजनितिक अवस्था, राजनितिक दलहरुको मनपरि निर्णय, भ्रष्टाचारमा लिप्त सरकारका बिभिन्न पदाधिकारीहरु, कीं कर्तब्य बिमुढको