सम्भोगअघि यी खानेकुरा नखाएकै राम्रो

मंसिर ७, २०७३

14921150264852279226_eating_before_bed_xlarge

– सेक्समा लीन हुनअघि लसुन खानु हुदैन । यसले मुख र श्वासलाई दुर्गन्धित बनाउँछ, साथै पेट पनि फुलाउँछ । फुलेको पेट र दुर्गन्धित श्वासले सेक्सलाई आनन्ददायक बनाउन सक्दैन ।

– पनिर धेरैजनाको मनपर्ने खान्कीमा पर्छ । तर, सेक्सअघि यो पनि भरसक खानु हुँदैन । पनिरको स्वाद र गन्ध मुखमा लामो समयसम्म रहन्छ । यसले यौन उत्तेजनालाई शान्त गर्छ । त्यसैले सेक्सअघि पनिर खानु त्यति राम्रो मानिदैन ।

–रातो मासु हेभी डाइट हो । रातो मासु खाएपछि पच्न लामो समय लाग्छ । रेड मिट खाएपछि निन्द्रा लाग्छ, शरीर आलस्य हुन्छ । यस्तो अवस्थामा सेक्स गर्नु त्यति आनन्ददायक हुदैन ।

–चिज पनि पच्न समय लाग्छ । यसले ग्यास बनाउने र पेट ढुस्स बनाउने गर्छ । यस्तो पेट सेक्समा लिन हुन उपयोगी हुँदैन ।

–चुइङ्गम खानाले मुख फ्रेस हुन्छ र यसले चुम्बनलाई भव्य बनाउन सहयोग गर्छ । तर, सेक्सका लागि चुइङ्गम चपाउनु राम्रो मानिँदैन । मायो क्लिनिकले गरेको एउटा अध्ययनले चुइङ्गम चपाउँदा निलिने हावाले ग्यास फर्मेसन गराउने र यसबाट सेक्सको मुड कम हुने तथ्य पत्ता लगाएको थियो ।

– पुदिनाले मुखलाई वासनादार बनाए पनि यसले उत्तेजना घटाउने काम गर्छ । पुदिना खानाले शरीरमा टेस्टोस्टोरोन हर्मोनको मात्रा घट्छ । टेस्टोस्टोरोन पुरुषको यौन हर्मोन भएकाले यसको मात्रा घटनाले दुवैले यौनको चरम आनन्द प्राप्त गर्नबाट वञ्चित हुन्छन् ।

स्वास्थ्यखबर पत्रिकाबाट


सम्बन्धित शीर्षकहरु

खुल्ला पोस्ट

समाज सेविलाई सम्मान :

पुर्व उपप्रधानमन्त्री तथा गृह मन्त्री बामदेव गाैतम र पुर्ब उपराष्ट्रपति परमानन्द झा द्वारा सम्मान तथा मायाको

एउटा नयाँ अभियान, जसले देशको अखण्डता र स्वाभिमा बचाउन सक्छ …….”Call to Government of India”

नेपालको खस्कंदो राजनितिक अवस्था, राजनितिक दलहरुको मनपरि निर्णय, भ्रष्टाचारमा लिप्त सरकारका बिभिन्न पदाधिकारीहरु, कीं कर्तब्य बिमुढको