जेष्ट सहकारीको आठौं साधारण सभामा विभिन्न व्यक्तित्व सम्मानित

मंसिर १८, २०७३

जेष्ट बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आठौं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । संस्थाले नवौं वार्षिक उत्सव तथा वार्षिक साधारण सभामा विभिन्न क्षेत्रमा विशिष्ट योगदान गरेका व्यक्तिहरुलाई सम्मान समेत गरेको छ ।

सहकारीले आठौं वर्ष पूरा गरेको अवसरमा सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ लाई विशेष सेवा सम्मानबाट विभूषित समेत गरेको छ । सामाजिक रुपान्तरण र भुकम्पले थलिएको बस्ती निर्माण योगदान दिए वापत धुर्मुस सुन्तली फाउण्डेशनका संस्थापकद्धय सीताराम कट्टेल र कुञ्जना घिमिरेलाई सम्मान गरिएको संस्थाकी अध्यक्ष ईन्दिरा अधिकारीले जानकारी दिईन् ।

सीमित कार्यक्षेत्र लिएर २०६५ सालमा दर्ता भएको सहकारीले हाल दुईवटा सेवा केन्द्रसहितबाट सदस्यहरुलाई सेवा दिईरहेको छ । आर्थिक वर्ष २०७२/०७३ मा ४ करोड ९ लाख चुक्ता शेयर पुँजी रहेको सहकारीले ४१ करोड निक्षेप संकलन गरेको छ भने ३९ करोड ९८ लाख कर्जा लगानी गरेको छ ।

साधारण सभाका प्रमुख अतिथि एवं नेपाल टेलिभिजनका अध्यक्ष महेश दाहालले जुझारु युवाहरुको समूहले संचालन गरेको सहकारीले गरेको प्रगति उल्लेखनिय रहेको बताउँदै सामुहिक एकताका लागि अब सहकारीहरुले जोड दिनु पर्ने बताए ।

संस्थाका कार्यकारी प्रमुख मधुसुधन पाठकले सहकारीले विनाशकारी भुकम्पले संस्थालाई असर पारको र संस्थाले अर्को कार्यालय खोजेर नयाँ व्यवस्थापन गरेसँगै सेयर सदस्यहरुको कारोवार समेत वृद्धि हुँदै गएको बताए ।

वार्षिक उत्सवको अवसर पारेर सहकारीले संस्थाका जेष्ठ नागरिक, एसएलसीमा उत्कष्ट अंक ल्याउने शेयर सदस्यका छोराछोरी र उत्कृष्ट कर्मचारीलाई समेत सम्मान गरेको छ । कार्यक्रममा विभिन्न क्षेत्रमा योगदान गरेका व्यक्तिहरुलाई समेत संस्थाले सम्मान गरेको छ । सम्मानित हुनेहरुमा हाँस्य कलाकारद्धय कुमार कट्टेल ‘जिग्री’, अर्जुन घिमिरे ‘पाँडे’, कृषिविद् डा. रत्न थापा, मेरो एफएमका प्रबन्ध निर्देशक बलराम श्रेष्ठ, टेलिभिजन पत्रकार दीपक समिर, पूर्व व्याडमिन्टन च्याम्पियन सुदीप योञ्जन रहेका छन् ।


सम्बन्धित शीर्षकहरु

खुल्ला पोस्ट

ओमीक्रोनको कारण तोकिएको परिक्षाहरु स्थगित हुँदै शिक्षालयहरु पनि बन्द हुने क्रममा ……!

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले अहिले संचालन भइरहेका र हुने सबै तहका परीक्षाहरू स्थगित गरेको छ ।

काठमाडौं : वरिष्ठ गायक राम कुमार साय्‌मिको जित:योम्ह मय्‌जुको मिखा छं ल्वाका नामक नेपालभाषाको गीतको आज