सुलक्षण कीर्ति क्याम्पसको औपचारिक उदघाटन सम्पन्न…..
चैत ६ काठमाडौं । ‘अहिलेको आवश्यकताः दिगो शान्ति, सुशासन, सुख र समृद्धिका लागि बौद्ध ज्ञान विज्ञानमा
काठमाडौं : दोस्रो बजारमा एक पटकमा १० कित्ताभन्दा कम सेयर खरिद गर्न पाइने व्यवस्था पनि लागू हुने भएको छ ।
हालसम्म नियमित कारोबारमा १० कित्ताभन्दा कम सेयर किनबेच गर्न पाइदैन । डिम्याट सेयर (विद्युतीय अभिलेख/अभौतिकिकरण गरिएको सेयर) को मात्र कारोबार हुने व्यवस्था लागु भएपछि १० कित्ताभन्दा पनि कम सेयर किनबेच गर्न सम्भव हुने भन्दै नयाँ व्यवस्था गरिएको हो ।
नेप्सेका सहायक प्रवक्ता मुरारी पराजुलीका अनुसार अब लगानीकर्ताले १ कित्ता सेयरको समेत माग गरेर ब्रोकर कहाँ किनबेच आदेश दिन सक्नेछन् ।
उनले भने, ‘अहिले १० कित्ताभन्दा कम सेयर कारोबार गर्न शुक्रवार अडलट कारोबार गर्ने गरिएको छ तर अब नियमित कारोबारमा नै यो काम गर्न सम्भव हुन्छ ।’
नेप्सेले शुक्रबार जारी गरेको प्रेस विज्ञप्तिमा ‘सेयरको नियमित कारोबारमा बजारमा मूल्य प्रभावित नहुने गरी १० कित्ताभन्दा कमको समेत किनबेच हुन सक्ने व्यवस्था मिलाउनको लागि सिष्टम निर्माता कम्पनी कम्ड्याकको स्थानिय प्रतिनिधि वाइसीओ प्रालिलाई निर्देशन दिइएको’ उल्लेख छ ।
वाइसीओ प्रालिले एक महिनाभित्रमा यस्तो व्यवस्था गर्ने र त्यसको परिक्षण पश्चात् यसलाई कार्यान्वयनमा ल्याउने पनि प्रवक्ता पराजुलीले उल्लेख गरे ।
पहिले कम्पनीहरुले लगानीकर्तालाई कागजी स्वरुपमा सेयर दिनुपर्ने र १० कित्ताभन्दा कमको सेयर कारोबार पनि हुने व्यवस्था गर्दा धेरै प्रमाण पत्र छाप्न पर्ने भएकाले योभन्दा कम कित्ता कारोबार गर्ने सुविधा थिएन । तर, नयाँ व्यवस्था भएपछि भने लगानीकर्तालाई पनि सहज हुने छ ।
अहिले बजारमा सबैभन्दा महंगो युनिलिभर नेपालको शेयर मूल्य ३० हजारमाथी रहेको छ । यो कम्पनीको १० कित्ता शेयर किन्न पनि कम्तिमा लगानीकर्तासँग ३ लाख रुपैयाँ हुनै पर्दथ्यो । अब हुने नयाँ व्यवस्थाबाट लगानीकर्ताले लाभ लिन पाउने छन् ।
हुनतः अहिले बजारमा १०/१० कित्ता सेयर कारोबार गरेर पनि चलखेल गर्ने परिपाटी छ । यो सीमाभन्दा कम कित्ता शेयर कारोबार गर्ने सुविधाले बजार थप अस्थिर हुन सक्ने अनुमान पनि गरिएको छ । तर नेप्सेले यसमा कडाई गर्ने र मूल्य प्रभावित नहुने गरी यस्तो व्यवस्था मिलाइने जानकारी दिएको छ ।
अहिले सामुहिक लगानी कोषका इकाइ कारोबार गर्दा पनि न्युनतम १ सय इकाइ हुनै पर्ने प्रावधान छ । यसमा नेप्सेले भने हालसम्म सीमा घटाउने वा नघटाउनेमा कुनै सोच बनाएको देखिदैन ।
चैत ६ काठमाडौं । ‘अहिलेको आवश्यकताः दिगो शान्ति, सुशासन, सुख र समृद्धिका लागि बौद्ध ज्ञान विज्ञानमा
यो नारी दिवस हटाइयोस … ….. साच्चै नै यो नारी दिवश हटाउनै पर्छ …किनकी … तमाम
नेकपा एमाले कर्णाली प्रदेश सम्पर्क कमिटी अन्तर्गत विभिन्न जिल्लाहरुमा जिल्ला सम्पर्क मञ्चका अधिवेशनहरु आज सम्पन्न भएका