हरेक महिलाले जान्नैपर्ने कुरा

मंसिर २५, २०७३

डा. चन्दा कार्की स्त्रीरोग विशेषज्ञ

महिला–पुरुष बराबरी, यो अधिकार र क्षमताको सवालमा हो । तर, शारीरिक बनोटमा महिला र पुरुष फरक छन् । दुवैका फरक–फरक विशेषता छन् । पुरुषभन्दा महिलाको शरीर प्राकृतिक रूपमै बढी संवेदनशील छ । गर्भ बोक्नुपर्ने, बच्चा जन्माउनुपर्ने, हरेक महिना रजश्वला हुनेजस्ता पाटा पुरुषमा हुनेभन्दा नितान्त फरक विशेषता अर्थात् क्षमता हुन् । त्यसैले बच्चा बस्ने पाठेघर र दूध चुसाउने स्तनसम्बन्धी संक्रमण महिलाका लागि बढी खतरनाक पनि हुने गर्छन् ।

Mahila-Teacher

त्यसैले स्त्रीरोग विशेषज्ञ डा. चन्दा कार्कीले हरेक महिलाका लागि उपयोगी टिप्स दिएकी छिन् :

हरेक महिना महिलामा रजश्वला हुने गर्छ । यो प्राकृतिक नियम नै हो । तर, यो समयमा यौनांगमा निम्तिने फोहोरबाट संक्रमण भएर पाठेघरसम्म असर पुग्न सक्छ । विभिन्न यौन समस्या पैदा हुन्छ । यसकारण रजश्वलाको समयमा सफाइमा निकै ध्यान दिनुपर्छ ।

पाठेघर निकै संवेदनशील अंग हो भन्ने कुरँमा हरेक महिला जहिल्यै सचेत हुनुपर्छ ।

रजश्वलाका वेला कतिपय अविवाहिता महिलालाई तल्लो पेट दुख्ने समस्या हुन्छ । यसलाई निकै ठूलो समस्या मानेर अधिकांशले पेनकिलर चलाउने गरेको पाइन्छ । तर, यसो गर्नु ठीक हुँदैन । तत्कालका लागि दुखाइ कम गर्ने भए पनि पेनकिलरले दीर्घकालीन असर गर्न सक्छ ।

महिनावारीको पेटदुखाइलाई खप्न तयार हुनैपर्छ । केही घन्टामा यो आफैँ ठीक हुन्छ । यो अवधिमा दुखाइ न्यूनीकरण गर्न हटब्यागले या मनतातो पानी भरेको प्लास्टिकको बोतल सुतीको कपडामा बेरेर सेक्नु उत्तम हुन्छ । मनतातो पानीले नुहाउन पनि सकिन्छ ।

लामै समयसम्म दुख्यो या खप्नै नसक्ने अवस्था भयो भने पेनकिलर खाने होइन कि विशेषज्ञकहाँ जानुपर्छ ।

पाठेघरको मुख सानो भएर समस्या निम्तिएको भए अवस्था हेरेर उपचार गर्नुपर्ने हुन्छ । हरेक महिलाले वेला–वेलामा आफ्नो पाठेघरको अवस्था जाँच गराउनुपर्छ ।

बच्चा जन्मिएको ६ महिनापछि अनिवार्य रूपमा पाठेघर जाँच गराउनैपर्छ । त्यसपछि पनि नियमित ६ महिनादेखि एक वर्षबीचमा पाठेघर जाँच गराइराख्नुपर्छ ।

कुनै वेला अकस्मात् ब्लिडिङ भइरहने, पाठेघरमा असहज महसुस हुने, फोहोर पानी बग्नेजस्ता अस्वाभाविक अवस्था निम्तिए ढिला नगरी विशेषज्ञको परामर्श लिनुपर्छ ।

स्तन क्यान्सर आममहिलाको ठूलो समस्याका रूपमा देखिने गरेको छ ।

यसकारण स्तनको स्वास्थ्यमा हरेक महिला जहिल्यै सजग रहनुपर्छ । वेला–वेला आफ्ना स्तनमा गिर्गाहरू भए÷नभएको बुझ्न घरमै राम्रोसँग छामेर जाँच गरिरहनुपर्छ ।

स्तनका मुन्टाको रङमा परिवर्तन आए÷नआएको पनि आफैँले नियाल्नुपर्छ । आफूलाई केही शंका लाग्नेबित्तिकै विज्ञलाई देखाउनुपर्छ।

हरेक व्यक्तिको स्वास्थ्यवस्था खानपान र लाइफस्टाइलले बढी निर्धारण गरेको हुन्छ । शारीरिक रूपमा संवेदनशील भएकाले महिला लाइफस्टाइलमा धेरै सचेत रहनुपर्छ ।

आजकाल जंकफुडमा धेरै लोभिएको पाइन्छ । पाठेघरको स्वास्थ्यका लागि यो सही खानपान होइन । यस्तो खानपानले धेरैतिर समस्या निम्त्याउँछ । ताजा फलफूलजन्य खानामा बढी जोड दिनुपर्छ ।

आजकालका युवतीहरूमा महिनावारीको समयमा पेट दुख्ने समस्या बढी देखिनुको पछाडि जंकफुड नै कारक देखिने गरेको छ । नियमित शारीरिक कसरत तथा व्यायामले पनि पाठेघर स्वस्थ राख्न ठूलो भूमिका खेल्छ ।

शारीरिक कसरत कम हुने महिलाकै पाठेघरमा बढी समस्या देखिने गरेको हुन्छ । नियमित कसरत नगर्ने महिलाले महिनावारीमा दुखाइ बढी खेप्नुपर्ने हुन्छ । कसरतले पाठेघरलाई पनि सक्रिय तथा बलियो बनाउने काम गर्छ ।

नयाँ पत्रिकाबाट


सम्बन्धित शीर्षकहरु

खुल्ला पोस्ट

समाज सेविलाई सम्मान :

पुर्व उपप्रधानमन्त्री तथा गृह मन्त्री बामदेव गाैतम र पुर्ब उपराष्ट्रपति परमानन्द झा द्वारा सम्मान तथा मायाको

एउटा नयाँ अभियान, जसले देशको अखण्डता र स्वाभिमा बचाउन सक्छ …….”Call to Government of India”

नेपालको खस्कंदो राजनितिक अवस्था, राजनितिक दलहरुको मनपरि निर्णय, भ्रष्टाचारमा लिप्त सरकारका बिभिन्न पदाधिकारीहरु, कीं कर्तब्य बिमुढको