नेवा: चाडपर्वप्रति हेलाहोचा

साउन २१, २०७३

निलु प्रजापति : सरकारले नेवारहरुको चाँडपर्वका बखत गुथि संस्थानले बुझाउनु पर्ने विभिन्न खालका अनुदान र सहयोग आवश्यक मात्रामा नदिएका कारण नेवारहरुको विभिन्न चाँडपर्वहरु बन्द हुने स्थितिमा पुगेका छन् । भक्तपुरको बिस्केट जात्रा, पाटनको मछिन्द्रनाथको रथ जात्रा र काठमाडौंमा इन्द्रजात्राको अवसरमा हुने विभिन्न जात्राहरु विभिन्न कारणले सञ्चालन गर्न कठिनाई सिर्जना हुने गरेको छ ।2014102515584-600x0

गुथि संस्थान जिम्मेवार भएको यस्ता विभिन्न जात्रा सञ्चालन गर्ने कार्यमा विभिन्न कारणहरु देखाएर रकम समयमै प्रदान नगर्ने, ढिला गरेर दिने र आवश्यक किसिमको सल्लाह साहुति पनि समयमै नहुने गरेका कारण यस्ता विभिन्न खालका समस्याले ठाउँ ओगटेको हो । चैत बैशाख महिना भनेको नेवार जातिले मात्रै होइन कि अन्य जाति जनजातिहरुले पनि मनोरञ्जन गरी स्वास्थ्य सुधारका लागि विभिन्न खालका चाँडपर्व मनाइने समय हो । यो समय बसन्त ऋतु पनि पर्ने कारण विभिन्न किसिमले लहर बहर गर्ने राम्रो समय पनि हो । यस्तो बखत नै भक्तपुर, सांगा, टोखा, मध्यपुर लगायत विभिन्न स्थानहरुमा भब्य रुपमा बिस्केट जात्रा सञ्चालन गरिन्छ भने त्यसकै अनुकरण गरी उपत्यका बाहिर पनि बिस्केट जात्राका विभिन्न रुपहरु देखाउने, मनाउने र भोज खाने चलन पहिलादेखि नै कायम रहेको छ ।

नेवार बस्ती बन्दीपुरमा बिस्केट जात्राको क्रममा डोको जात्रा मनाइन्छ । सांगामा लिंगो उभ्याएर खत जात्रा नै मनाइन्छ । टोखामा पनि त्यसैगरी रथ परिक्रमा गराइन्छ । पोखरीमा रथलाई दुवाएर नगरका विभिन्न भागमा घुमाइन्छ । मूल रुपमा भक्तपुरमा बिस्केट जात्रा मनाइन्छ । भक्तपुर वरपरका विभिन्न स्थानहरुमा विभिन्न रुपमा यो जात्रा मनाइन्छ । तर बिस्केट जात्रा भक्तपुरमा जस्तो भयावह र भब्य रुपमा मनाउने भने अरु ठाउँमा देखिँदैन । यो वर्ष पनि भक्तपुरमा एकजना वयस्क ब्यक्ति रथले किचेर मर्यो र पनि जात्रा भने भब्य रुपमा सञ्चालन भैरह्यो ।

त्यसै गरी प्रत्येक वर्ष मानिस नै मर्ने गरी हुने सो जात्रा परापूर्व कालदेखि नियमित सञ्चालन भैइरहेकै छ । यस्तो खालको नेवार जातिले विशेष रुपमा मनाइने यस खालको जात्रालाई ब्यवस्थित र मर्यादित गर्न स्थनीय निकाय, प्रहरी प्रशासन र सरकार स्वयमले पनि ध्यान दिनु आवश्यक छ । तर जात्राको जिम्मेवारी लिएको गुथि संस्थानले समयमा पूजा गर्न नलगाउने, दोरी समयमा नदिने, राम्रो खालको दोरी नदिने तथा पुरानो दोरी दिने तथा जात्राको क्रममा हुने विभिन्न खालका खर्च समयमा पूर्ति नगरिदिने जस्ता कारणले गुथि संस्थानप्रति स्थानीय जनता सदा आक्रोषित रहन्छन् । यसरी देवी देवताको नाममा राखेका जग्गा जमीन सबै सरकारले खाएर पनि त्यसको रकमबाट चलाउनु पर्ने जात्रा चलाउन आवश्यक रकम नदिने र दिए पनि ढिला गरेर दिने भएकाले विभिन्न कार्यहरु बन्द समेत हुने गरेका छन् । यो वर्ष त्यसो भएर नै नयाँ लिंगो ल्याउन नसकेर भक्तपुरमा बीस हात छोटो लिंगोले काम तार्नु पर्ने अवस्था सिर्जना भयो ।

Bhintunaप्रत्येक वर्ष लाखांै लाख खर्च गरी सांगा र भक्तपुरको बीचमा पर्न नाला छापबाट सल्लाको रुख काटेर तानेर ल्याउनुपर्ने थियो । तर यो वर्ष गुथि संस्थानले त्यस्तो कार्यमा रकम नदिएकाले पहिला नै ल्याइराखेको सुकेको पैतीस हात मात्रै भएको लिंगो ठड्याउनु प¥यो ।

पहिला पहिला त्यहाँ ठड्याइने लिंगो ५५ हात लामो हुन्थ्यो । तर यो वर्ष ३५ हात मात्रै भएको लिंगो ठडिंदा सबै विश्वध्वाजा पनि भुइमा लत्रेर सर्वसाधारणले खेल्ने मौका मिल्यो । नभए त्यो झण्डा दुई तल्ला जति माथि रहेर हावासंगै नाग नै समागम भए झैं गरी बेरिएर फाट्दा कमता राम्रो हुँदैनथ्यो । त्यसैगरी नजिकको फसि देगः पनि जीर्णोद्वार नगरिएकाले एक हिसावले यो वर्षको लिंगो जात्रा त्यतिको रौनक देखिएन । साथै भोलिपल्ट पनि ५ बजे नै लिंगो ढालेकाले कतिपय हेर्न भनी गएकाहर निस्तै फर्कनु परेको थियो । यसरी एक हिसावले संस्थागत रुपमा गर्नुपर्ने कार्यलाई हेला होचा गरिएकाले नेवाः संस्कृतिका अग्रजहरु चिन्तित भएका छन् ।

364fed6a-76c7-43b8-9ec5-771816634f4f

जात्रा सञ्चालनका लागि अलग्गै नीति निर्माण गर्ने र नियमाबली र कानून बनाउने कार्य हुनेछ भनी केही वर्ष अगाडि एउटा आयोग नै खडा गरी हनुमान ढोकामा सार्वजनिक गरेको थियो । गुथि संस्थान खारेज लगायत स्थानीय जनताको जग्गाबाट ती जात्रा पर्व मनाउन पुरानो शैलीलाई नै अवनाउने पनि भनेको थियो । तर कुरा भए जस्तै काम नभएका कारण अहिलेसम्म इन्द्रजात्राको बखत हुने विभिन्न नाचगान र जात्रा पर्वहरु प्रायः बन्द हुने स्थितिमा छ ।

भक्तपुरको बिस्केट जात्रा अनि पाटनको रातो मछिन्द्रनाथको रथ यात्रा पनि अनिश्चिन हुन थालेको छ । त्यस्तै लापर्वाहीका कारण रातो मछिन्द्रनाथको जात्राको क्रममा रथ बनाउने कार्य अनिश्चित भइरहेको समाचार सार्वजनिक भएको छ । गत वर्ष वाह्र वर्षे जात्रा समेत महाभूकम्पका कारण कता हो कता हुन पुगेकाले सरकारले जति ध्यान दिनु पर्ने थियो, त्यतिको ध्यान दिएको छैन भन्ने कुरा स्पष्ट भएको छ ।

नेवार जातिको विभिन्न जात्रालाई सरकारले हेला होचा गरिरहेको छ । यो हेपाहा प्रबृत्तिको चाँडो अत्य हुनु जरुरी पनि छ । होइन भने हिजो जस्तै नेवारको जात्रा इन्द्रजात्राको अवसरमा जात्रा नै रोकेर उपत्यका बन्द गरे झैं पुनः नेवारहरु सडकमा उत्रनु पर्ने हुनसक्छ । नेवारहरु नउठेसम्म मात्रै हो सडकमा उत्रे पछि भने सडक गल्लीबाट अधिकार लिएर मात्रै घर फिर्ता हुन जान्ने जाति हो । त्यसैले पनि सरकारले नेवार जातिलाई हेला होचा गर्नुमा फाइदा देखिन्दैन । अहिले लाखांै खर्च गर्नुपर्ने नेवार जात्राहरुमा सरकारले केही हजार रुपियाँ दान स्वरुप लिएर रिझाई रहेको अवस्था छ ।

newari-ihi-bihe-800x500_c

पहिले देवी देवताको नाममा जग्गा जमीन रहेसम्म स्थानीय ज्यापु जातिले बाली तिरेको आधारमा विभिन्न खालका नेवार जातिको उपजातिहरुले समान रुपमा आयस्ता बाँधेर लिई जात्राको लागि तयारी गरिन्थ्यो । तर त्यस कार्यमा सरकारले हस्तक्षेप गरेपछि भने अव केही पनि जात्रा नचल्ने स्थिति आइपरेको छ । हाल जग्गा सबै सरकारले गुथि संस्थानको नाममा दर्ता गरेर ब्यक्तिलाई दिइसकेको अवस्था छ । त्यसो भएकाले पहिला जतिको रकम वा बाली आउने गरेको थियो, त्यसको आधि पनि दिने गरेको छैन । त्यसरी सरकारले नेवार जातिले मनाउने जात्रा पर्वहरुलाई निमित्यान्न पार्ने षडयन्त्र गरिरहेको भान पर्दछ । त्यसैले पनि यस कुरा प्रति नेवार अग्रजहरु नै सजग भएर लागि पर्नुपर्ने देखिन्छ ।


सम्बन्धित शीर्षकहरु

खुल्ला पोस्ट

समाज सेविलाई सम्मान :

पुर्व उपप्रधानमन्त्री तथा गृह मन्त्री बामदेव गाैतम र पुर्ब उपराष्ट्रपति परमानन्द झा द्वारा सम्मान तथा मायाको

एउटा नयाँ अभियान, जसले देशको अखण्डता र स्वाभिमा बचाउन सक्छ …….”Call to Government of India”

नेपालको खस्कंदो राजनितिक अवस्था, राजनितिक दलहरुको मनपरि निर्णय, भ्रष्टाचारमा लिप्त सरकारका बिभिन्न पदाधिकारीहरु, कीं कर्तब्य बिमुढको