सुलक्षण कीर्ति क्याम्पसको औपचारिक उदघाटन सम्पन्न…..
चैत ६ काठमाडौं । ‘अहिलेको आवश्यकताः दिगो शान्ति, सुशासन, सुख र समृद्धिका लागि बौद्ध ज्ञान विज्ञानमा
एजेन्सी : तपाईँलाई थाह छ, महिला र पुरुष मध्ये को बढी सुत्नुपर्ला रु तर ड्यूक यूनिभर्सिटीका अनुसन्धानकर्ताहरुले एउटा अध्ययन गरेका छन्, जसको निस्कर्ष छ पुरुषलाई भन्दा महिलालाई बढी समय सुत्नु जरुरी हुन्छ । अध्ययनमा भनिए अनुसार धेरैजसो महिलाहरु मल्टिटास्कीङ अर्थात एकै समयमा धेरै काम गरिरहेका हुन्छन् । दिउसोको समयमा महिलाहरु पुरुष भन्दा शारीरिक र मानसिक दुबै रुपले बढी सक्रिय रहने कारणले उनीहरुलाई बढी निन्द्रा आवश्यक छ । सो अध्ययनले भनेको छ तर महिलाले बिभिन्न कारणबस पर्याप्त निन्द्रा पाएका हुदैनन् ।
महिलाहरुले आवश्यक मात्रामा निन्द्रा नपाउनुमा गर्भवती रहँदा बढी तौल र बच्चाको कारण मोनोपेज तथा कार्यक्षेत्र र घरको तनाव प्रमुख हुन् । त्यसो त ड्यूक यूनिभर्सिटीका निन्द्रा तथा मानसिक रोग बिशेषज्ञ माइकल ब्रिउसले निन्द्रा पर्याप्त नपुग्दा पुरुष र महिला दुबैका लागि नकारात्मक असर पर्ने बताउछन् । उनले। समयभन्दा अगावै छाला बुढो देखिने, रगत जम्ने, मुटुरोग, स्ट्रोक, मानसिक समस्या आदि पर्याप्त निन्द्रा नपुग्नुका असरहरु भएको जानकारी दिए ।
अध्ययनले नियमित रुपमा सुत्ने र उठ्ने बानी बसाल्ने, शारीरिक ब्यायाममा ध्यान दिने र क्याफेइन जन्य पदार्थको सेवनमा नियन्त्रण गर्नाले मात्रै पनि गुणस्तरीय निन्द्रा हाँसिल गर्न सकिने बताएको छ ।
चैत ६ काठमाडौं । ‘अहिलेको आवश्यकताः दिगो शान्ति, सुशासन, सुख र समृद्धिका लागि बौद्ध ज्ञान विज्ञानमा
यो नारी दिवस हटाइयोस … ….. साच्चै नै यो नारी दिवश हटाउनै पर्छ …किनकी … तमाम
नेकपा एमाले कर्णाली प्रदेश सम्पर्क कमिटी अन्तर्गत विभिन्न जिल्लाहरुमा जिल्ला सम्पर्क मञ्चका अधिवेशनहरु आज सम्पन्न भएका