नायिका मञ्जिताको काखमा निदाउने कसले गरे रहर ? (भिडियो सहित)

मंसिर २९, २०७३

काठमाडौं : अहिलेकी व्यस्त एंव चर्चित मोडल तथा नायिका मञ्जिता केसीको युवा सञ्चारकर्मी तथा मोडल कुशल खत्रीसँग विवाह भएको छ । उनीहरुले आफ्नो प्रेम सम्बन्धलाई विवाहमा परिणत गरेका हुन् । यो वास्तविकता नभई आधुनिक गीत रहरको म्युजिक भिडियोको दृश्य हो । लोकप्रिय संगीतकार तथा गायक सुरेन्द्र श्रेष्ठको स्वर तथा संगीत रहेको यस गीतको रचना युवा सञ्चारकर्मी मनोज थापाले गरेका हुन् ।

15540585_945100732288086_498190161_o

आधुनिक गीत रहरकोे म्युजिक भिडियोमा चर्चित मोडल एंव नायिका मञ्जिता केसी, सञ्चारकर्मी तथा मोडलद्धय कुशल खत्री, राजेन्द्र लुईटेल, अभिनेत्री रश्मि भट्ट तथा हास्यकलाकार सुरेन्द्र केसीको अभिनय रहेको छ ।

15491658_945100715621421_1909076488_o

मायामा धनले निम्त्याएको परिस्थिति अनि माया पाउन गरेको संघर्ष र कसैको सानो त्याग र सहयोगले मायाका जोडिले पाएको खुशीलाई भिडियोमा देखाउन खोजीएको निर्देशक तथा गीतकार मनोज थापाले बताए ।

15577389_945100648954761_1195316235_n

गीतको भिडियोलाई सन्देशमुलक बनाउन खोजिएको छ । धेरै मेहनत गरेको कारण दर्शक स्रोताले मन जित्नेमा निर्देशक तथा गीतकार थापा आशावादी छन् । उत्कृष्ट गीत भएको कारण पनि भिडियो राम्रो बनेको म्युजिक भिडियोमा अभिनय गर्ने कलाकारहरु बताउँछन् ।

15451252_945100645621428_806942871_n

चोभार, बानेश्वर, टेकु तथा कुलेश्वरमा छायांकन गरीएको उक्त गीतलाई अहिलेका व्यस्त छायांकार अमृत सुनुवारले छायांकन गरेका छन् । म्युजिक भिडियो निर्देशन भने सञ्चारकर्मी तथा गीतकार मनोज थापाले नै गरेका छन् । भिडियो माधव वेल्वासेको सम्पादन गरेका छन् । रेस्पोन्सिभ मिडिया प्रा.लि.ले गीतलाई बजारमा ल्याएको हो ।

भिडियो :

 


सम्बन्धित शीर्षकहरु

खुल्ला पोस्ट

समाज सेविलाई सम्मान :

पुर्व उपप्रधानमन्त्री तथा गृह मन्त्री बामदेव गाैतम र पुर्ब उपराष्ट्रपति परमानन्द झा द्वारा सम्मान तथा मायाको

एउटा नयाँ अभियान, जसले देशको अखण्डता र स्वाभिमा बचाउन सक्छ …….”Call to Government of India”

नेपालको खस्कंदो राजनितिक अवस्था, राजनितिक दलहरुको मनपरि निर्णय, भ्रष्टाचारमा लिप्त सरकारका बिभिन्न पदाधिकारीहरु, कीं कर्तब्य बिमुढको