सुलक्षण कीर्ति क्याम्पसको औपचारिक उदघाटन सम्पन्न…..
चैत ६ काठमाडौं । ‘अहिलेको आवश्यकताः दिगो शान्ति, सुशासन, सुख र समृद्धिका लागि बौद्ध ज्ञान विज्ञानमा
के तपाईं आफ्नो सोसल मिडिया वेबसाइट फेसबुक, स्न्यापच्याट र ह्वाट्सएपलाई यति विश्वास गर्नुहुन्छ कि आफ्नो पैसा ती वेबसाइटको भरोसामा छोड्नुहुन्छ ?
तपाईं सायद गर्नुहुन्न होला तर अमेरिकाका धेरैजसो मानिसहरु यसो गर्छन् ।
कम्तिमा पनि १८ वर्ष पुगेका मानिसले अब फेसुबकमार्फत पैसा पठाउन सक्छन् । यहाँ तपाईंले आफ्नो डेबिट कार्ड रजिस्टर गर्नुपर्ने हुन्छ । यसका लागि क्रेडिट कार्ड, पेपाल र प्रिपेड कार्ड स्विकार्य छैन ।
यद्यपी अहिले यो सेवा अमेरिकामा मात्र उपलब्ध छ । यसमा प्रयोगकर्ताले फेसबुक मेसेन्जरको ‘मोर’ अप्सनमा जानुपर्ने हुन्छ जहाँ डलरको आइकन बनेको हुन्छ ।
डलरको आइकनमा ‘पे’ बटन क्लिक गर्नुहोस् । तपाईंले यदि पेमेन्ट रिसिभ गर्नुहुन्छ भने सिधा एड कार्डमा जानुहोस् र अमेरिकी डेबिट कार्ड एड गर्नुहोस् । यसो गर्नुभयो भने पैसा सिधै तपाईंको खातामा जानेछ ।
थुप्रै सोसल मिडिया प्रयोगकर्ताका अनुसार उनीहरु ठगीका कारण यसो गर्नबाट डराउँछन् । एक महिला प्रयोगकर्ता केट इभान्सका अनुसार मेसेन्जरबाट पैसा ट्रान्सफर गर्नु ठिक हो तर यसमा ठगी हुने अत्यधिक डर हुन्छ ।
फेसबुकमा नक्कली अकाउन्ट बन्न निकै सजिलो छ जसमा धोका हुनसक्ने आशंका धेरेले गरेका छन् ।
चैत ६ काठमाडौं । ‘अहिलेको आवश्यकताः दिगो शान्ति, सुशासन, सुख र समृद्धिका लागि बौद्ध ज्ञान विज्ञानमा
यो नारी दिवस हटाइयोस … ….. साच्चै नै यो नारी दिवश हटाउनै पर्छ …किनकी … तमाम
नेकपा एमाले कर्णाली प्रदेश सम्पर्क कमिटी अन्तर्गत विभिन्न जिल्लाहरुमा जिल्ला सम्पर्क मञ्चका अधिवेशनहरु आज सम्पन्न भएका