घृतच्छाया

पुस २०, २०७३

rajiv

नेपाल अहिले बडो संकष्टको घड़ीमा अघि बढि़रहेछ । यस्तो अवस्थामा,देश कसरी अघि सहज दिशातर्फ बढ्छ,त्यसबारे सोच्नु हरेक देशवासीको दायित्व हुन्छ । भलै,त्यो कतिसम्म प्रभावकारी हुन्छ त्यसको लेखाजोखा समयले गर्दै जाला तर यो लेख भने मेरो निजी विचार हो ।

नेपाल अल्पसंङ्ख्यक (कथित नेताहरू) को मात्रै पेवा होइन । यो राष्ट्र देशभित्र भएका र संसारभरि छरिन पुगेका बहुसंख्यक नेपालीहरूको पनि देश हो । आजसम्म यिनै नेताहरूले देशलाई आफ्नो इच्छाअनुसार नचाए तर अब पनि त्यस्तै भइरहन दिनु हाम्रो निरीहता हो । ‘जसो जसो बराजै उसै उसै नाति’भइरहनदिने हो भने देशलाई सधंै संकष्टमा पारिरहनु हो । नातिले बराजुले भनेजति आँखा चिम्लेर मान्दै गइरहनु हो भने बराजु त रहेन रहेन, नाति पनि रहँदैन ।

घरभित्रको रड़ाको घरैभित्र मिलाउन छाड़ेर कोही ‘मलाई मेरी आमाले दूध चुस्न दिइनन् तिमीले आमालाई दूध मागिदेऊ न’ भन्दै परस्त्रीकहाँ जानेहरू जति सबै नियतका खोटा छन् । यी सबै नेताहरूलाई आफ्नो देशको वास्तविक परिस्थिति बारे राम्ररी थाहा छ तर यति हुँदाहुँदै पनि स–साना निहुँ झिकी खोंचे थापिरहने प्रवृतिले गर्दा नै यी तमाम देशवासीले भारी दुःख बेसाउनुपरेको हो ।

सबैभन्दा पहिलो,आयतन सानो भएका कारण नेपाललाई संघीयता चाहिँदै चाहिँदैन । संघीयता झगड़ाको बीउ हो । ल, चाहिहाल्यो,नभई भएन भने पनि पाँचवटा पर्याप्त हुन्छ । पाँचवटासम्मलाई देशले राम्ररी नै धान्न सक्ला । संख्या थप्नु भनेको समस्या थप्नु हो । धेरै बालबच्चा भएकीे आमाले सबैलाई बराबर स्याहारसुसार पु¥याउन सक्दिनन् । पाँच विकास क्षेत्रलाई ‘वैज्ञानिक छैन’ भन्नुमा भारी अर्थ छ भन्ने मलाई लाग्दैन किनभने यी पाँच विकास क्षेत्र धेरैजनाबाट धेरै समय लगाएर धेरै विचार पु¥याएर निर्धारण गरिएको हो । यो सीमा निर्धारणमा, संरचनामा दूरदर्शिता छ र यो नितान्त वैज्ञानिक छ । यसको सबल प्रमाण जिल्ला र गा.वि.सको सीमाकंन हो । जिल्ला र गा.वि.सका यिनै पुराना सीमाकंनमा उभिएर नेताहरू अहिले नयाँ सीमाकंन खोज्दैछन् । यी सीमाकंन चाहिँ वैज्ञानिक हुने तर पाँच विकास क्षेत्रको चाहिँ नहुने ? नेताले बोलेको कुरा मात्र सही हुन्छ भन्ने छैन ।

मुलुक उसै त खोक्रो बनिसकेको छ त्यसमाथि अझै खोक्रो पार्दैलानु ठीक होइन । देशलाई खोक्रो पार्ने धमिरा र तिनले पारेका प्वाल अनगिन्ती छन् । तिनलाई टाल्नु त कता हो कता उल्टै उनैको पृष्ठपोषणमा पहँुचवालाको गन्ध आइरहन्छ । एक आपसमा जुधिरहँदा तेस्रोले फाइदा लिने कुरा स्वयंसिद्ध छ । यी यस्ता तमाम आन्तरिक कुराहरू प्रत्येकलाई थाहा छ र पनि खुट्टा तानातान गरिरहँदा पक्का पनि कसैले उकासिरहेको छ कि क्या हो भन्ने देखिन आउँछ । अरुले उकासोस् नउकासोस आफृले जति नै सदाशयता राखे पनि, जति नै चाटे पनि बैरीले जरा काट्न कहिले छोड़्दैन । हिजो पनि दुःख दिएकै हो आज पनि दिइरहेकै छ र भोलि पनि दिइरहने नै छ । यो कुरो हाम्रा नेताहरूले ताबीज बनाएर लाए हुन्छ । नेपाललाई एउटा शक्तिसम्पन्न र सार्वभौम रहिरहन नदिन अनेकौँ प्रपञ्च र चलखेल चलिरहेकै छ । कारणहरू पनि धेरै छन् र सबैभन्दा पहिलो चाहिँ हाम्रा“देश हाँक्छांै ”भन्नेहरूको अदूरदर्शिता, अकर्मण्यता र निरीहता नै हो । यसमा द्विमत नहोला । कुरा भने हामी ठूल्ठूला गछौँ तर त्यसै अनुरुप कामहरू भएका हँुदैनन् । यो त हाम्रो संस्कार नै भइसक्यो । यसैले हामीलाई पूर्णतया परामुखापेक्षी बनाइसकेको छ ।

“भारतले बुद्ध भारतमा जन्मेको हा भन्यो ”
“सिमाना मिच्यो”
“जङ्गे पिलर गायब पा¥यो” भनेर घरिघरि रुन्छौँ तर त्यस्तो अवस्था दोहोरिन नदिन भने कुनै पहल गर्दैनौँ । हामी आफैँ आफ्ना खानी खन्न सक्दैनाँै, हामी आफैँ आफ्ना पानी तान्न सक्दैनौँ ,हरेक कुरामा अरुकै कुरा मान्नुपर्ने अरुकै मुख ताक्नु पर्ने बड़ो बिडम्बना छ ।

नेपाली नोटमा बुद्ध छाप्दा हँुदैन ? स्थायी सीमा निर्धारण गरेर सीमा सुरक्षा बल तैनाथ गर्दा हँुदैन् ? नागरिकतामा कडाइ गर्दा हँुदैन ? हाम्रो दूुरदृष्टि खोइ ? भाषण गरेर मात्रै देशको विकास हँुदैँन । जसले जति नै र जस्तोसुकै अपराध गरेपनि अभयदान दिने नीतिले पनि देशलाई गाल्दै लगिरहेछ । नेपालीको आफ्नो निजस्व केही छैन ? हरेक कुरामा अरुकै तालमा नाचेर मात्र हुन्छ र ? हामीले नै आफ्ना थैलाको मुख बलियो गरी बाँधेको भए कसैलाई चोर लगाउने अवस्था नै आउने थिएन ।

पैसालाई सर्वोपरि ठान्ने द्रव्यपिपाषुहरूको वृहत्तर इजाफाले नै देश भ्रष्टाचारको दलदलमा आकण्ठ डुबेको छ । कड़ाइका साथ नियमन र अनुगमन भएको खोइ ? भ्रष्टाचार शिक्षा ,सुरक्षा ,स्वास्थ्य ,कृषि परिवहन ,पारवहन ,निर्माण ,व्यवसाय ,उद्योग,पर्यटन, धर्म ,मनोरञ्जन, आयात ,निर्यात ,उड्ययन,पानी ,बिजुली ,खेलकुद,श्रम,वैदेशिक रोजगार केमा छैन ? सबथोकमा सबैतिर प्रष्टै देखिनेगरी छ । के यो कुरा सरकारले देख्दैन ? देख्छ तर चुप लागेर बस्छ । फलस्वरुप भ्रष्टाचार फैलिँदै जान्छ ,झागिँदै जान्छ । खोइ दण्ड र पुरस्कारको व्यवस्था ? कथनी र करनीमा बहुतै ठूलो अन्तर छ । मिठा र चिल्ला शब्द– खेती गरेर मात्रै हुनेवाला केही छैन ।

हो,गरीब र निमुखा जनताले गाँस काटेर तिरेको कर देशको सर्वाङ्गीण विकासको लागि हो , भ्रष्ट भलाद्मी पोष्न होइन । चुनावमा भोट माग्नलाई नेताहरू आफ्ना–आफ्ना जनादेश बोकेर ‘यसो गर्छु उसो गर्छु’ भन्दै घरघरमा गएकै हुन् । अहिले उही जनादेश अनुसार काम गरे भइहाल्थ्यो । तर खोइ ? भत्ता र तलब वृद्धिका लागि चाहिँ सबैजना एक हुन सक्ने देश र जनताका लागि चाहिँ नसक्ने ? यो त सरासर बेइमानी भयो । लाज लाग्नुपर्ने ।सत्तासीन पो साँचो बोल्दैछ कि,प्रतिपक्षी पो साँचोँ बोल्दैछ बुझ्नै गाह«ो भएको छ । नेताले जनतालाई यसरी दिग्भ्रमित बनाएर हुन्छ ?अध्यारामा राखेर हुन्छ ? जनताको सोझो देख्नुमा र मधेशवादी दलको चुमुकचुमुक पनि ठीक छैन । र अन्य ठूला दलको जँुगाँको लड़ाई पनि ठीक छैन । यी दुइटै कुराले देशलाई निश्चित गन्तव्यमा पु¥याउँदैन ।

पूर्वराजा ज्ञानेन्द्र केही दिन विश्राम गर्न मात्र बाहिर गएका हुन् । अस्ति निस्कँदा देशलाई नासो छोड़ेर निस्केका छन् । नासो भनेको पछि फिर्ता लिने गरी कसैलाई राख्न दिएको वस्तु हो । छोड़ेÞर गएको शिकार खान बाघ फर्केर आउने गर्छ । यसका उदाहरण विश्वका धेरै इतिहासहरूमा पाइन्छन् । नेताले यो कुरा कहिले बिर्सनु भएन । नेता हो, राजा अपुताली छैनन् है, ख्याल रहोस् । नेताहरूले बेलैमा बुद्धि पु¥याएर देशलाई शान्ति र समुन्नति दिन सके राजाले पनि चित्त बुझाउने ठाँउ हुन्छ । यस्तै झैझमेलामा अल्झिरहे, लडि़रहेः पीड़ाले आजित भएर जनताजनार्दन ‘राजा आऊ देश बचाऊ’ भन्न लाग्दैछन् । नेताहरूको यही अकर्मण्यताका कारण त्यसतर्फ जनबल बढ्दैजाँदा राजाको पुनर्बहालीको सम्भावना दृढ़तर बन्दै जान्छ । त्यसदिन नेताहरूले राजाबाट अभयदान पाउनेछैनन् । डाँड़ामा बसेर ‘नागार्जुनबाट पनि लखेट्छौँ’ भन्न जति सहज छ तर गर्न भने त्यति सहज छैन । चेतना भया ।

असमान सन्धि बारे कुरा उठ्नु,जङ्गे पिलरको खोजी हुनु,सुस्ता र कालापानीको प्रसङ्ग उठ्नु,‘गे्रटर नेपाल’ को प्रसङ्ग निस्कनु यी यस्ता कुराहरू नेपाली जनताका अधिकारका कुरा होइनन् र ? तब सम्बन्धित पक्षसँग यी कुरा गर्न नेताले तिघ्रा कमाउनुपर्ने कारणै देखिन्न । अगुवाले त सबैका सामु छलफल गरेर निराकरण खोज्नुपर्ने होइन र ! हामा्र नानीहरू काँगडा,मलावँ,नालापानी,बलभद्र,अमरसिंह,भक्ति थापाका वीरगाथा पढ्दा अतीव गौरवान्वित हुन्छन् । ‘गे्रटर नेपाल’ उनैको कर्मक्षेत्र थियो । ‘गे्रटर नेपाल’ बारे चर्चा गर्नै नहुने भए हाम्रा पाठ्यपुस्तकबाट यी अमरसिंह,बलभद्र र भक्ति थापाहरू हटाइदिए हुन्छ,वीरताको गीत गाउन छोडेÞ हुन्छ । जेजस्तो भए पनि वास्तविकता हामी सबैका सम्मुख आउँदा सबैको जिज्ञासा शान्त हुने हो ।

नेताहरू इमान्दार र प्रतिबद्ध हुनासाथै नेपालमा गर्न नसकिने र पाउन नसकिने भन्ने कुनै कुरै छैन । हामीमा कुनै कुराको कमी छैन । खोला, नदीनाला, वनजङ्गल,पशुपक्षीं कीट–पतङ्ग, डाँड़ाकाँड़ा ,हिमाल, मैदान, पहाड, तराई, उपत्यका, खेतीपाती, अन्नपानी, बिजुलीबत्ती, कलकारखाना, उद्योगधन्दा, ग्यास, खनिज –तत्व, जाँगरिला पाखुरा, देश अनुरुप विज्ञान र प्रविधि कुनै कुराको कमी छैन । हाम्रो जनशक्ति अर्काको गुलामी गर्न अरब गइराख्नु पर्दैन ।

अन्ततः नेपाल भन्ने माटो यही एउटा मात्र हो, अर्काे छैन । नेपाली भन्ने जाति पनि यही एउटा मात्रै हो, अर्काे छैन । यसर्थ नेपालीले यिनै नेपाल आमाको सुरक्षा र भरणपोषण प्राणपनले गर्नुपर्छ ।

भूषण हुमागाईँ

 


सम्बन्धित शीर्षकहरु

खुल्ला पोस्ट

समाज सेविलाई सम्मान :

पुर्व उपप्रधानमन्त्री तथा गृह मन्त्री बामदेव गाैतम र पुर्ब उपराष्ट्रपति परमानन्द झा द्वारा सम्मान तथा मायाको

एउटा नयाँ अभियान, जसले देशको अखण्डता र स्वाभिमा बचाउन सक्छ …….”Call to Government of India”

नेपालको खस्कंदो राजनितिक अवस्था, राजनितिक दलहरुको मनपरि निर्णय, भ्रष्टाचारमा लिप्त सरकारका बिभिन्न पदाधिकारीहरु, कीं कर्तब्य बिमुढको