सुलक्षण कीर्ति क्याम्पसको औपचारिक उदघाटन सम्पन्न…..
चैत ६ काठमाडौं । ‘अहिलेको आवश्यकताः दिगो शान्ति, सुशासन, सुख र समृद्धिका लागि बौद्ध ज्ञान विज्ञानमा
काठमाडौँ : चौथो पायोनियर उपत्यकाब्यापी अन्तर विद्यालय प्रतियोगिता तथा तेश्रो पायोनियर खुल्ला ब्लिज बुद्धिचाल प्रतियोगीता सम्पन्न भएको छ । राजधानीको कपनमा रहेको पायोनियर पब्लिक स्कुलले अयोजना गरेको प्रतियोगीता गत बिहिबारबाट सुरु भएको थियो ।
स्कुलको आफ्नै प्रांगनमा गरिएको उक्त प्रतियोगितामा ११० विद्यार्थीहरु सहभागी भएका थिए । शुक्रबार विजेता विद्यार्थी खेलाडीहरुको टुंगो लागेको हो ।
विजेता हुनेमा जुनिएर छात्र तर्फ पहिलो भएका छन अन्नपुर्ण स्कुलका छात्र पवेश लामा, दोश्रो दिपज्याती स्कुलका छात्र जनिल मिया, तेश्रो पायोनियर स्कुलका छात्र मन्दिप राई । यसैगरी जुनिएर छात्रा तर्फ पहिलो पायोनियर स्कुलकी छात्रा सुप्रिया बुढाथोकी, दोश्रो ग्रिनल्याण्ड स्कुलकी छात्रा समृद्धि पाण्डे र तेश्रो अन्नपुर्ण स्कुलकी छात्रा नेहादास बानिया भएकी छिन ।
सिनियर छात्र तर्फ पायोनियर स्कुलका छात्र बिराज पुडासैनी पहिलो भएका छन् भने दोश्रो पायोनियर स्कुलका छात्र सौरभ पोखरेल र तेश्रो कन्चनजंगा स्कुलका छात्र प्रमित अमात्य भएका छन ।
सिनियर छात्रा तर्फ पायोनियर स्कुलकी छात्रा आभा पुडासैनी पहिलो भएकी छिन भने दाश्रो पायोनियर स्कुलकी छात्रा अनिशा न्यौपाने र तेश्रो त्रियोग स्कुलकी छात्रा तेजास्वीनि लामा भएकी छिन ।
शनिबार एक कार्यक्रमको आयोजना गरी उक्त प्रतियोगिताको समापन गरिने स्कुलका फाउण्डररप्रिन्सिपल राजन श्रेष्ठले जानकारी दिए ।
चैत ६ काठमाडौं । ‘अहिलेको आवश्यकताः दिगो शान्ति, सुशासन, सुख र समृद्धिका लागि बौद्ध ज्ञान विज्ञानमा
यो नारी दिवस हटाइयोस … ….. साच्चै नै यो नारी दिवश हटाउनै पर्छ …किनकी … तमाम
नेकपा एमाले कर्णाली प्रदेश सम्पर्क कमिटी अन्तर्गत विभिन्न जिल्लाहरुमा जिल्ला सम्पर्क मञ्चका अधिवेशनहरु आज सम्पन्न भएका