योजना पुरीले सार्वजनिक गरिन् “भुँडिवाला केटो”

फाल्गुन २१, २०७३

गायिका योजना पुरीले भर्खरै “भुँडीवाला केटो” सार्वजनिक गरेकी छिन् । उनले आफ्नो युट्युब च्यानलमार्फत् “जमाना सिलीमको, फेसबुक र फिलीमको, भुँडीवाला केटो नो नो नो…” भन्ने गीत सार्वजनिक गरेकी हुन् । पबि घिमिरेको शब्द र राजेश श्रेष्ठको संगीत रहेको उक्त गीतको एरेन्ज कुशल सिंहले गरेका हुन् । सुमधुर स्वरकी धनी योजनाले आफ्नो दोस्रो एल्वम समपर्णमा समावेश गर्न लागेको एउटा गीत हो यो । साथै यो गित सुनेर कस्तो प्रकारको भिडियो बनाउने आम दर्शक र श्रोताहरुको सल्लाह तथा सुझाव समेत मागेकी छिन् । श्रोता तथा दर्शककै चाहना अनुसारको गितको भिडियो बनाउने उनले बतार्इन् ।

16996034_1403598726358257_91534619525146512_n

योजनाको दोस्रो एल्वम समपर्णमा उनकै आवाजमा रहेका पाँच ओटा गीतहरु रहेका छन् भने एउटा बोनस ट्र्याक पनि रहेको छ । पबि घिमिरे, दिप गरिी, नवराज खड्का, राजाराजेन्द्र, गणेश सुवेदी लगायतका सर्जकहरुको शब्द रहेको उक्त एल्वममा राजु सिंह, रियाज शिवाकोटी, राजाराजेन्द्र, राजेश श्रेष्ठ, राजिब शाहलगायतका संगितकारहरुले संगीत दिएका छन् ।

1 Master Front Side

राजिब शाह, अशोक राई, ओम सुनार, कुशल सिंह लगायतले एरेन्ज गरेको समर्पण एल्वमको बजार व्यवस्थापन भने खुल्ला सञ्चार प्रा. लि. ले गरेको छ ।

हेर्नुहोस् योजनाको भुँडीवाला केटो :


सम्बन्धित शीर्षकहरु

खुल्ला पोस्ट

समाज सेविलाई सम्मान :

पुर्व उपप्रधानमन्त्री तथा गृह मन्त्री बामदेव गाैतम र पुर्ब उपराष्ट्रपति परमानन्द झा द्वारा सम्मान तथा मायाको

एउटा नयाँ अभियान, जसले देशको अखण्डता र स्वाभिमा बचाउन सक्छ …….”Call to Government of India”

नेपालको खस्कंदो राजनितिक अवस्था, राजनितिक दलहरुको मनपरि निर्णय, भ्रष्टाचारमा लिप्त सरकारका बिभिन्न पदाधिकारीहरु, कीं कर्तब्य बिमुढको