मोफसलपछि प्रेम गीत २ को ‘लभ जर्नी’ उपत्यकामा

असार २७, २०७४

काठमाडौँ : चलचित्र प्रचारका लागि देश दौडाहामा निस्किएको चलचित्र प्रेम २ गीत युनिट राजधानी फर्किएको छ । दमौलीदेखि नेपालगञ्ज हुँदै बिर्तामोड, चितवन, पोखरा, बुटवल, नारायणगढ, हेटौंडा, बिराटनगर, दमक, धरान, इटहरीसम्मको टुर सकाएर टोली राजधानी फर्किएको हो ।
premgeet-2

दुई साता लामो टुर सकेर फर्किएको टोलीले अब काठमाडौं, ललितपुर र भक्तपुरमा कन्सर्ट गर्ने जनाएको छ ।

‘हामी वास्तविक दर्शकसामु पुग्न चाहन्थ्यौं’ निर्माता एवम् अभिनेता सन्तोष सेन भने, ‘एघार सहरमा हामीले एउटै मन पायौं । दर्शक प्रेम गीतबाट स्तरीय मनोरन्जन चाहन्छन् ।’

कार्यक्रमको सिलसिलामा अभिनेता प्रदीप खड्का र अश्लेषा ठकुरीसँग सयौं सेल्फी खिचिए । ‘रियल दर्शकसँग घोलिन पाएँ’ प्रदीपले सुनाए ।

अश्लेषा ठकुरीले मोफसलको यात्राले निकै जान्ने, सिक्ने र समाज पढ्ने मौका मिलेको बताइन् ।

१३ साउनबाट प्रदर्शनमा आउने चलचित्र रामशरण पाठकले निर्देशन गरेका हुन् ।


सम्बन्धित शीर्षकहरु

खुल्ला पोस्ट

समाज सेविलाई सम्मान :

पुर्व उपप्रधानमन्त्री तथा गृह मन्त्री बामदेव गाैतम र पुर्ब उपराष्ट्रपति परमानन्द झा द्वारा सम्मान तथा मायाको

एउटा नयाँ अभियान, जसले देशको अखण्डता र स्वाभिमा बचाउन सक्छ …….”Call to Government of India”

नेपालको खस्कंदो राजनितिक अवस्था, राजनितिक दलहरुको मनपरि निर्णय, भ्रष्टाचारमा लिप्त सरकारका बिभिन्न पदाधिकारीहरु, कीं कर्तब्य बिमुढको