अन्तर्राष्ट्रिय तेक्वान्दोको फाइटतर्फ नेपालका पुजनले स्वर्ण र शिवहरिले रजत पदक हात पारे

साउन ४, २०७४



काठमाडौं :  मलेसियामा भएको सारावाक चिफ मिनिस्टर बोर्नेओ कप तेक्वान्दोमा नेपाली तेक्वान्दोले एक स्वर्ण र एक रजत हात पारेको छ ।  मलेसियाको कुचिङमा मंगलबार भएको अन्तर्राष्ट्रिय तेक्वान्दोको फाइटतर्फ नेपालका पुजन खड्काले स्वर्ण र शिवहरि श्रेष्ठले रजत पदक हात पारेका छन्  । नेपाल टोलीले बेस्ट स्पोर्टस् म्यानसिप अवार्डसमेत हात पारेको छ  ।

फाइटको क्याडेट ४५ केजीमा पुजनले क्वाटरफाइनलमा मलेसिया,सेमिफाइनलमा इन्डोनेसिया र फाइनलमा सिंगापुरलाई हराउँदै स्वर्ण दिलाएका थिए । क्याडेट ४८ केजीमा शिवहरीले क्वाटरफाइनलमा अस्ट्रेलिया र सेमिफाइनमा मलेसियालाई हराउँदै स्वर्णका लागि प्रतिस्पर्धा गरेका थिए । यद्यपि, फाइनलमा इन्डोनेसियासँग पराजित भएपछि रजत पदकमै सीमित भए ।

अस्ट्रेलियन कम्पनी रेस्ट्रोलोजीको सहयोगमा अन्तर्राष्ट्रिय तेक्वान्दोमा सहभागिता जनाएको नेपालका लागि प्रविन तामाङ क्वाटरफाइनलमा चाइनिज ताइपेईका खेलाडीसँग स्तब्ध भएपछि पदकविहिन भए । फाइटतर्फ पुरुष जुनियर ५५ केजी तौल समूहमा खेलेको तामाङले प्री–क्वाटरमा मलेसियालाई हराएका थिए ।


सम्बन्धित शीर्षकहरु

खुल्ला पोस्ट

समाज सेविलाई सम्मान :

पुर्व उपप्रधानमन्त्री तथा गृह मन्त्री बामदेव गाैतम र पुर्ब उपराष्ट्रपति परमानन्द झा द्वारा सम्मान तथा मायाको

एउटा नयाँ अभियान, जसले देशको अखण्डता र स्वाभिमा बचाउन सक्छ …….”Call to Government of India”

नेपालको खस्कंदो राजनितिक अवस्था, राजनितिक दलहरुको मनपरि निर्णय, भ्रष्टाचारमा लिप्त सरकारका बिभिन्न पदाधिकारीहरु, कीं कर्तब्य बिमुढको