जम्मा पाँच रुपैयाँ खर्च गरेर स्वास्थ्य लाभ गर्नुस् !

भदौ २०, २०७४

धनियाँको प्रयोग शताब्दियौंदेखि भइरहेको छ । प्रायः खानेकुरा सजाउनका लागि प्रयोग गरिने धनियाँले स्वास्थ्य पनि राम्रो राख्छ । हरियो धनियाँको रस निकालेर पिउँदा अनेकौं रोग निको हुन्छन् । जम्मा पाँच रुपैयाँमा पाइने एक मुठी धनियाँले तपाईंलाई धेरै स्वास्थ्य लाभ दिन्छ ।


रस बनाउने तरिका

एक गिलास पानी उमाल्नुस् । त्यसमा काटिएको धनियाँ हाल्नुस् । धनियाँलाई पानीमा मज्जाले उमाल्नुस् र जालीले छान्नुस् । अब त्यसमा कागतीपानी र नून मिसाउनुस् । अनि यस्तो रस दिनदिनै पिउनुस् ।

फाइदाहरू
यो रस पिउँदा शरीरका विषाक्त पदार्थहरू भाग्छन् र मिर्गौलको समस्या हराउँछ ।

यसमा एकदमै कम क्यालोरी हुन्छ । यसले शरीरमा जमेको अतिरिक्त बोसो डढाउँछ र मोटोपन घटाउँछ ।

यसमा भएको पोटेसियमले मुटुरोगहरूको जोखिम कम हुन्छ ।

यसमा भएको कार्बोहाइड्रेट्सले छाला नरम बनाउँछ ।

धनियाँमा भएको एन्टीब्याक्टेरियल गुणले अनुहारको डण्डीफोर हटाउँछ ।

धनियाँमा भएको भिटामिन ए आँखाहरूका लागि लाभदायक हुन्छ । यसको रसले मोतियाविन्दुबाट पनि बचिन्छ ।

एजेन्सी


सम्बन्धित शीर्षकहरु

खुल्ला पोस्ट

ओमीक्रोनको कारण तोकिएको परिक्षाहरु स्थगित हुँदै शिक्षालयहरु पनि बन्द हुने क्रममा ……!

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले अहिले संचालन भइरहेका र हुने सबै तहका परीक्षाहरू स्थगित गरेको छ ।

काठमाडौं : वरिष्ठ गायक राम कुमार साय्‌मिको जित:योम्ह मय्‌जुको मिखा छं ल्वाका नामक नेपालभाषाको गीतको आज