मटन छोयला बनाउने तरिका

५ वर्ष अगाडि

विभिन्न मासुका छोयला बनाउन सकिन्छ । चिकेन, बफ, हाँस, मटनलगायत छोयला नेपालमा बढी खाइन्छ । अझ बढी त बफ छोयला नै बिक्री हुन्छ । तर, बफ, चिकेन नचल्नेहरूले मटन छोयला रोज्ने गर्छन् । मटन छोयला घरमै पनि बनाउन सकिन्छ :

सामग्री

मटन एक किलो (बोसो नभएको, मन पर्ने भए छाला राख्न पनि हुन्छ)
रातो खुर्सानी ५० ग्राम
लसुन ५० ग्राम
अदुवाको पेस्ट ५० ग्राम
जिरा एक चम्चा
धनियाँ एक चम्चा
मरिच आधा चम्चा
टिमुरको धुलो आवश्यकताअनुसार
नुन–बेसार इच्छाअनुसार
हरियो लसुन आवश्यकताअनुसार
तोरीको तेल ५० ग्राम

बनाउने विधि
मासु सफा गरेर चेप्टो तथा लामो पिस तयार गर्ने
नुन–बेसारमा राम्रोसँग मोल्ने
यसरी मोलेको मासुलाई आधा घन्टासम्म त्यसै रहन दिने
अब गोल, कोइला या ग्यासमा एउटा जाली राखेर मोलेर तयार पारिएको मासुलाई राम्रोसँग सेक्ने
सेकेको मासुमा उपलब्ध सबै सामग्री जस्तै: धुलो रातो खुर्सानी, लसुन, अदुवा, जिरा, धनियाँ, मरिच, टिमुर राख्ने
यी सामग्रीसँगै तेल पनि
तताएर राख्ने
सबै सामग्री मिसाएको
मासुलाई मजासँग मोल्ने
सबै मसलाजन्य सामग्री
मासुमा राम्रोसँग लाग्न पाओस्
इच्छा भए थोरै कागती पनि राख्न सकिन्छ
मटन छोयला तयार भयो


सम्बन्धित शीर्षकहरु

खुल्ला पोस्ट