बलिउडमा सय करोड पारिश्रमिक लिने सलमान पहिलो नायक

साउन २३, २०७३

मुम्बई : एकसय करोड पारिश्रमिक लिएर बलिउडमा सलमान खान पहिलो महंगो कलाकार बनेका छन् । भारतीय मिडियाले उल्लेख गरे अनुसार चलचित्र ‘सुल्तान’वाट सलमानले कुल एकसय ६ करोड रुपैयाँ पाउने भएका छन् ।

salman-story+fb_647_122515115548यस चलचित्रमा काम गर्दा सलमानले कुनै पारिश्रमिक लिएका थिएनन् । निर्माण संस्था यशराज फिल्मससँग नाफाको आधा आधा बाँड्ने सहमति भएको थियो ।

अहिलेसम्म सुल्तानले भारतीय बजारमा २९८ करोडको कारोवार गरेको छ । फिल्मी पण्डितहरुले ३०० करोड पार हुने अनुमान गरेका छन् । ७० करोडमा बनेको सुल्तानको प्रचार प्रशार खर्च समेत जोड्दा जम्मा लागत ९५ करोड पुग्छ । फिल्मको टेलिभिजन राईट र ओभरसिज राइट पनि बिक्री भईसकेको छ । सबै हिसाब जोड्दा निर्माताको हातमा खर्च कटाएर २१२ करोड नाफा हात पर्छ भने सलमानले त्यसको आधा पाउनेछन् ।

सुल्तानको कमाई अरु धेरै हुने अनुमान गरिएको छ । जापान, जर्मन, पोल्याण्ड लगायतको देशमा प्रदर्शन हुनै बाँकी छ । ती मुलुकमा भएको कमाईको पनि आधा हिस्सा पाउने छन् ।


सम्बन्धित शीर्षकहरु

खुल्ला पोस्ट

समाज सेविलाई सम्मान :

पुर्व उपप्रधानमन्त्री तथा गृह मन्त्री बामदेव गाैतम र पुर्ब उपराष्ट्रपति परमानन्द झा द्वारा सम्मान तथा मायाको

एउटा नयाँ अभियान, जसले देशको अखण्डता र स्वाभिमा बचाउन सक्छ …….”Call to Government of India”

नेपालको खस्कंदो राजनितिक अवस्था, राजनितिक दलहरुको मनपरि निर्णय, भ्रष्टाचारमा लिप्त सरकारका बिभिन्न पदाधिकारीहरु, कीं कर्तब्य बिमुढको